साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जलपाइगुडीमा कृति लोकार्पण तथा रचना वाचन कार्यक्रम

डा.गोकुल सिन्हाको अध्यक्षता, छिमेकी देश नेपालबाट आमन्त्रित साहित्यकार सुरेन्द्र लिम्बू' परदेशी' को प्रमुख आतिथ्य रहेको कार्यक्रममा युवराज काफ्ले, ज्ञानेन्द्र खतिवडा, मोहन ठकुरी, लगायतकाे विशिष्ट आतिथ्य रहेकाे थियाे ।

Nepal Telecom ad

जलपाइगुडी/ ३१ मार्च २०२४ अर्थात् १८ चैत २०८० आइतावारका दिन भारतको जलपाइगुडी जिल्लाअन्तर्गत फाराबारी नेपाली वस्तीको बराल बगैँचाको सभागृहमा शकुन्तला राई प्रकाशन खर्साङको आयोजनामा कवि अर्जुन शर्मा निरौलाको तेस्रो कृति ‘ आस्थाका तप्कना’ नामक कविता सङ्ग्रहको लोकार्पण गरिएको हो ।

वरिष्ठ समालोचक डा.गोकुल सिन्हाको अध्यक्षता, छिमेकी देश नेपालबाट आमन्त्रित साहित्यकार सुरेन्द्र लिम्बू’ परदेशी’ को प्रमुख आतिथ्य रहेको कार्यक्रममा युवराज काफ्ले, ज्ञानेन्द्र खतिवडा, मोहन ठकुरी, डा.साङ्मु लेप्चा, ग्याल्मो लामा, मिलन रुचाल र शीला लामा आदिको विशिष्ट आतिथ्य रहेको थियो।

मञ्चासिन अतिथिवर्गमा खदार्पणपछि अतिथिहरूबाट विद्याकी देवी सरस्वतीको प्रतिमामा माल्यार्पणसहित धूप तथा दीप प्रज्ज्वलन गरी कार्यक्रमको उद्घाटन गरिएको थियो ।

समालोचक जय क्वाक्टसले आज लोकार्पित कृतिको कथ्य समीक्षा प्रस्तुत गर्दै शुभकामना दिएका थिए भने कार्यक्रममा सुरेन्द्र लिम्बू परदेशी, समालोचक जय क्वाक्टस, राहुल राई ‘बोगिगो’ शरद राई र प्रदीप रसाइली आदिलाई साहित्यिक क्षेत्रमा अमूल्य योगदान दिएवापत् सम्मान जनाइएको हो ।

विश्व नेपाली साहित्यिक मञ्च केन्द्रीय समितिका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीको पक्षबाट समालोचना क्षेत्रमा कलम चलाइरहेका स्रष्टा डा.गोकुल सिन्हालाई स्मृति चिन्ह प्रदान गरिएको थियो ।

मन्तव्य व्यक्त गर्ने क्रममा विशिष्ट अतिथिहरू डा.जीवन राणा, कृष्णराज घतानी, ज्ञानेन्द्र खतिवडा र युवराज काफ्ले आदिले लोकार्पित कृतिका कृतिकार अर्जुन शर्मा निरौलालाई शुभकामना तथा बधाई दिएका थिए ।

त्यसैगरी कार्यक्रममा रचना वाचन गर्नेहरूमा सरोजिनी देवान-खर्साङ, सरोजा वान्तवा राई, तारा क्षेत्री-खर्साङ, अनिल विद्रोही – तीनधारे, मोहन गौतम- सिक्किम, लुइस विष्ट-सिक्किम, नीरा सुब्बा नेपाली – खर्साङ र डा.कमला तामाङ- मिरिक आदि रहेका थिए ।

भावतरङ्गहरू कवितासङ्ग्रह (सन् २०१९ ) सरोजार्जुन कवितासङ्ग्रह (२०२३ ) गरी दुई कृति प्रकाशन गरिसकेका कवि अर्जुन शर्मा निरौलालाई अखिल भारतीय दिव्यङ्गना लेखक सम्मेलन साहित्य एकाडेमी दिल्लीद्वारा सन् २०२३ मा पुरस्कृत गरिएको थियो भने उनलाई शुभकामनार्थ पनि नेपाल भारतबाट धेरै स्रष्टाहरूको उपस्थिति रहेको थियो ।यस्तो सम्मानको भागीदार बनेकामा स्रष्टा अर्जुन निरौलाले सबैलाई हार्दिक आभार व्यक्त गरेका थिए । यसै क्रममा आजका अध्यक्ष गोकुल सिन्हाले सम्पूर्ण कार्यक्रमको मूल्याङ्कनसहित कार्यक्रम समापनको घोषणा गरेका थिए ।

मीना राई ( खर्साङ) द्वारा स्वागत, उद्देश्य र औचित्यसमेत प्रकाश पारिएको कार्यक्रममा नारी स्रष्टा देवीका मग्राती राईको सहजीकरण रहेको कधाकार दीप प्रधानले जानकारी दिए ।

०००
फित्कौली डटकमको लागि मेची प्रतिनिधि नदी भट्टराई

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x