साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तपाईं घोडा चढ्ने कि स्याउ खाने ?

“महाराज, मेरी धर्मपत्नीले राजाले स्याउ र घोडा नै इनाममा किन राखे भनेर अहिले नै गएर पत्ता लगाएर आउनु भनेकीले म आएको हुँ ।”

Nepal Telecom ad

नीलकण्ठ शर्मा :

(मातृशक्तिसँग जोडिएको रोचक कथा)
एकजना राजा थिए । उनले एउटा सर्भे गराउने विचार गरेछन् कि ! उनको राज्यमा कति जनाको घर गृहस्थीमा श्रीमानको हुकुम चल्छ ? अनि कतिको घरमा श्रीमतीको हुकुम चल्छ ?

यसको लागि उनले पुरस्कारको घोषणा पनि गरेछन् “जसको घरमा पतिको हुकुम चल्छ, उसले मनपर्ने घोडा इनाम पाउनेछ र जसको घरमा पत्नीको हुकुम चल्छ, उसले इनाममा स्याउ पाउनेछ ।”

एकएक गर्दै सबै नगरवासीहरूले स्याउ उठाउँदै जान थाले । राजालाई चिन्ता भयो “के मेरो राज्यमा सबै घरमा पत्नीको मात्र हुकुम चल्छ त?“

त्यही समयमा एकजना लामालामा जुङ्गा पालेको, मोटोघाटो युवा आयो र भन्यो “महाराज मेरो घरमा मेरो मात्रै हुकुम चल्छ, त्यसैले घोडा मलाई दिनुस् ।”

उसको कुराले राजा अत्यन्तै खुशी भए । कमसेकम एउटा व्यक्ति त मिल्यो जसको घरमा पतिको हुकुम चल्छ । राजाले उसलाई उसले रोजेको कालो घोडा दिएर पठाए । त्यो व्यक्ति घोडा लिएर घर गयो तर एकछिन पछि घोडा लिएर दरबारमा नै फर्केर आयो ।

राजा : “किन फर्केर आयौ ?”

जवान व्यक्तिले भन्यो : “महाराज, मेरी श्रीमती भन्छिन् कि ! कालो रङ्ग अशुभ हुन्छ, सेतो रङ्ग शान्तिको प्रतीक हुन्छ । उनले मलाई कालो घोडा छोडेर त्यसको सट्टामा सेतो रङ्गको घोडा लिएर आउन भनिन्, त्यसैले तपाईंले मलाई सेतो रङ्गको घोडा दिनुस् ।”

राजा : “हे जवान !”
“ल घोडा राख र स्याउ लिएर जाऊ ।”

मध्यरातमा राजाको कोठामा महामन्त्री आइपुगे । राजाले यति राति आउनुको कारण सोधे ।

महामन्त्री : “महाराज तपाईंले स्याउ र घोडा ईनाममा राख्नु भयो । त्यसको ठाउँमा यदि चामल लगायतका खाद्यान्न या सुन इनामको रूपमा राख्नुभएको भए मान्छेहरूलाई केही दिन आरामसग खान पुग्थ्यो या उनीहरूले सुनको गहना बनाएर लगाउन सक्थे ।”

राजा : “म पनि यही इनाम राख्न चाहन्थेँ तर महारानीले भनिन् कि स्याउ र घोडा नै ठीक छ, त्यसैले यही नै राखेँ ।”

महामन्त्रीले भने :- “महाराज तपाईंका लागि स्याउ काटिदिऊँ ?”

राजाले हाँस्दै महामन्त्रीलाई सोधे : “तिमी यो प्रश्न मलाई भोलि दरबारमा या भोलि बिहान पनि सोध्न सक्थ्यौ नि ! मध्यरातमै किन सोध्न आयौ ?”

महामन्त्री : “महाराज, मेरी धर्मपत्नीले राजाले स्याउ र घोडा नै इनाममा किन राखे भनेर अहिले नै गएर पत्ता लगाएर आउनु भनेकीले म आएको हुँ ।”

राजा (बिचैमा रोकेर) : “महामन्त्री स्याउ अहिले यहीँ खान्छौ कि घर पठाइदिऊँ ?”

निष्कर्ष !
समाज चाहे जति नै पुरुषप्रधान होस् तर संसार स्त्रीप्रधान नै छ ।

मैले यो कथा मेरी श्रीमतीलाई सुनाए।
मेरी श्रीमतीले नि “यो कथा अहिले नै पोष्ट गरिदिनुस्” भनेकीले म स्याउ खाँदै यो फेसबुकमा पोष्ट गर्दैछु ।

यो लेख पढ्नु हुने मित्रहरू !
तपाईंहरू स्याउ यहीं खाने कि घर लिएर जाने ?

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अपेक्षा

अपेक्षा

सुशीला शर्मा
कामरेडमा नाउँ दरिएन

कामरेडमा नाउँ दरिएन

डा. गाेपीन्द्र पाैडेल
वृद्धवृद्धा सबै …

वृद्धवृद्धा सबै …

दीनानाथ पाेखरेल
हाकिमको सत्ता

हाकिमको सत्ता

गायत्री परिरोशनी
निर्णायक को ?

निर्णायक को ?

सुरेशकुमार पाण्डे
0
Would love your thoughts, please comment.x
()
x