साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पहिले जस्तो किन हुँदैन जोगिरा सरररर

उत्साह उमङ्ग जोश हुनु पर्ने खोइ कता हराएको उब्जिरहेर भोलिको चिन्ता थाहै भएन होली आएको तेल सकिएको गाडी जस्तै जिन्दगी गर्दैछ घरीघरी घरररर.... ।

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

होली आयो पनि, गयो पनि
तर चलेन पिचकारी
बासन्ती रङ्ग भरेको तररररर
पहिले जस्तो किन हुँदैन
अचेल टोल टोलमा
जोगिरा सरररर………।

बिकेन बिक्नु पर्ने रङ्ग
विक्रेताका लागि रङ्ग, बेरङ्ग भयो
होलीलाई गर्छन बदनाम
खाएर भाङ कस्तो बेढङ्ग भयो ।
रङ्ग कतै थिएन खन्याउदा सादा पानी
सुन्दरी थरररर…
पहिले जस्तो किन हुँदैन
अचेल टोल टोलमा
जोगिरा सरररर………।

गीत बजाउछन् विदेशी द्विअर्थी
जस्तै घाउमा नुन छर्केको,
मजाक गरिदैन मजाले त्यसैले
धेरैको छ मुटु नै चर्केको
होली भएर पनि बोली सबैको किन
बेतुकको बरररर…….

पहिले जस्तो किन हुँदैन
अचेल टोल टोलमा
जोगिरा सरररर… ।

उत्साह उमङ्ग जोश हुनु पर्ने
खोइ कता हराएको
उब्जिरहेर भोलिको चिन्ता
थाहै भएन होली आएको
तेल सकिएको गाडी जस्तै
जिन्दगी गर्दैछ घरीघरी घरररर…. ।
पहिले जस्तो किन हुँदैन
अचेल टोल टोलमा
जोगिरा सरररर… ।

अभावको प्रभावले खुइय्य गरी
लामो सास तान्नु पर्ने
रङ्गीचङ्गी नहुँदा जिन्दगीमा
जे जस्तो छ, त्यही रूचाउनुपर्ने
एक्लो के मनाउने होली ?
जब आफन्त उडे विदेश फरररर…
पहिले जस्तो किन हुँदैन
अचेल टोल टोलमा
जोगिरा सरररर… ।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
​जिन्दगी के थाहा, बाँकी होला नै कति ?

​जिन्दगी के थाहा, बाँकी...

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
0
Would love your thoughts, please comment.x
()
x