सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

पहिले जस्तो किन हुँदैन जोगिरा सरररर

उत्साह उमङ्ग जोश हुनु पर्ने खोइ कता हराएको उब्जिरहेर भोलिको चिन्ता थाहै भएन होली आएको तेल सकिएको गाडी जस्तै जिन्दगी गर्दैछ घरीघरी घरररर.... ।

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

होली आयो पनि, गयो पनि
तर चलेन पिचकारी
बासन्ती रङ्ग भरेको तररररर
पहिले जस्तो किन हुँदैन
अचेल टोल टोलमा
जोगिरा सरररर………।

बिकेन बिक्नु पर्ने रङ्ग
विक्रेताका लागि रङ्ग, बेरङ्ग भयो
होलीलाई गर्छन बदनाम
खाएर भाङ कस्तो बेढङ्ग भयो ।
रङ्ग कतै थिएन खन्याउदा सादा पानी
सुन्दरी थरररर…
पहिले जस्तो किन हुँदैन
अचेल टोल टोलमा
जोगिरा सरररर………।

गीत बजाउछन् विदेशी द्विअर्थी
जस्तै घाउमा नुन छर्केको,
मजाक गरिदैन मजाले त्यसैले
धेरैको छ मुटु नै चर्केको
होली भएर पनि बोली सबैको किन
बेतुकको बरररर…….

पहिले जस्तो किन हुँदैन
अचेल टोल टोलमा
जोगिरा सरररर… ।

उत्साह उमङ्ग जोश हुनु पर्ने
खोइ कता हराएको
उब्जिरहेर भोलिको चिन्ता
थाहै भएन होली आएको
तेल सकिएको गाडी जस्तै
जिन्दगी गर्दैछ घरीघरी घरररर…. ।
पहिले जस्तो किन हुँदैन
अचेल टोल टोलमा
जोगिरा सरररर… ।

अभावको प्रभावले खुइय्य गरी
लामो सास तान्नु पर्ने
रङ्गीचङ्गी नहुँदा जिन्दगीमा
जे जस्तो छ, त्यही रूचाउनुपर्ने
एक्लो के मनाउने होली ?
जब आफन्त उडे विदेश फरररर…
पहिले जस्तो किन हुँदैन
अचेल टोल टोलमा
जोगिरा सरररर… ।

०००
विराटनगर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
मिटरब्याजी : तीन चड्कन

मिटरब्याजी : तीन चड्कन

लक्ष्मण नेवटिया
होली आयो – होली गयो फुस्सा !

होली आयो – होली...

लक्ष्मण नेवटिया
होलीका ठट्यौली

होलीका ठट्यौली

लक्ष्मण नेवटिया
फेरि किन बदनाम हुन्छ कसिङ्गर ?

फेरि किन बदनाम हुन्छ...

लक्ष्मण नेवटिया
चार चोक्टा

चार चोक्टा

लक्ष्मण नेवटिया
चार ठोक्तक

चार ठोक्तक

लक्ष्मण नेवटिया
जिन्दगी

जिन्दगी

खगेन्द्र नेउपाने
आगो र पानी

आगो र पानी

देव भट्टराई (२)
के बेच्न बाँकी छ र !

के बेच्न बाँकी छ...

हरिप्रसाद रिमाल
धरोधर्म गर्छु (२३)

धरोधर्म गर्छु (२३)

डिल्लीप्रसाद मूलतिहुन
पानीमाथिका सपनाहरू

पानीमाथिका सपनाहरू

केशव ज्ञवाली ‘आगत’
बेताल छ

बेताल छ

प्रकाश अर्याल ख