साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिमी भोक देखाऊ, म भगवान् देखाइदिउँला !

अर्थ-राजनीतिले सिँगारेको सुनौलो शौचालय धाउनु छैन; म मेरो मौनताले मनुष्य शरीरलाई प्रेमालय बनाउँछु; शिवालय बनाउँछु ‘ॐ नमः शिवाय’ सँग रमाउँछु ।

Nepal Telecom ad

डा. गाउँले बलदेव :

भर्खर-भर्खर आधुनिक भौतिक विज्ञानको भुईं भेटेका नास्तिके श्वरहरूले फुइँ लाउँथे; पुराणका-कथावाचकहरूलाई र्‍वाइँ-र्‍वाइँ घुमाउँथे; ठालू बन्थे; आस्तिकहरूको खोइरो खन्थे र अन्धविश्वासी भन्थे—

तपाईंका भगवान् कहाँ छन् ? विश्वभरि उत्पात मच्चियुञ्जेलसम्म पनि तपाईंका परब्रह्म किन गजधम्म बसेका छन् ?

तत्त्वज्ञानतिर भन्दा धन र धानतिरै ध्यान भएका पण्डितहरू भौतिकवादी महानुभावहरूबाट सजिलै खण्डित हुन्थे; निहुँ खोज्न आउँदै छन् भन्ने सूचना पाउँदा अन्तर्धान हुन्थे; झ्वासझ्वासती भेट हुँदा ‘हो हजुर, हो हजुर’ भन्थे ।

मुण्टो हल्लाउँथे; नास्तिक नारायणकै स्तुतिगान गाउँथे; ज्यान बचाउँथे !

तिनै निहुँ-खोजाहा नारायणहरू एक दिन मकहाँ पनि पाहुना लाग्न आइपुगे ।

—हामीहरू तीन दिनदेखि सँगसँगै छौँ; केही खान पाएका छैनौँ; हामीलाई असाध्यै भोक लागेको छ; खप्नै नसकिने गरी लागेको छ; बराबर लागेको छ !

मैले सोधेँ— नास्तिक महोदयहरू ! हजुरहरूलाई लागेको भोक कति-कति किलो ग्राम अथवा कति-कति लिटरको होला ? देखाइदिइबक्स्योस् न !

निरुत्तर नास्तिकहरूको अनुहार दिउँसै औँसीको रातजस्तो लाग्यो; उत्तिकै भोकाएका दुई जनामध्ये एकजनाको भोक आधा थाल दालभातले भाग्यो; दुई थाल लुँड्याइसकेका अर्काको भोक चाहिँ भातको भाँडातिर चियाउन लाग्यो !

मेरो भागसमेत सिनित्तै हसुरिसकेर खञ्चुवा पाहुनाले विनयपूर्वक बोले— बलदेव दाइ, हजुरंको उदार भावना देखेर अत्यन्तै श्रद्धा लाग्यो; दया पनि उत्तिकै लाग्यो !

मैले भनेँ— कहाँनिर छ, मेरो उदार भावना ? तपाईंको दया कहाँबाट र कसरी लाग्यो ? कहाँनिर लाग्यो ? देखाउन सक्नुहुन्छ ? बरु तपाईंहरूको नास्तिक आडम्बर देखेर कहिल्यै नलागेको उदेक मलाई नै लाग्यो !

‘प्रेमिकालाई अति नै प्रेम गरेँ’ भन्नुहुन्थ्यो; अति भनेको कति हो ? प्रेमको क्षतिपूर्ति लिनुपर्‍यो भने कुन कुन  आधारमा लिनुहुन्छ ?

पहिले तपाईं प्रेमको रूप देखाउनुहोस् अनि पण्डितहरूले साक्षात् परमात्मालाई तपाईंकै प्रत्यक्षमा प्रकट गराइदिन्छन् ।

तपाईंहरूले भोक, तिर्खा, श्रद्धा, दया अथवा प्रेमको मूर्ति देखाउनु नपर्ने; व्यासमा बसेका बिचरा पण्डितहरूले चाहिँ अभिमानमूर्ति तपाईंहरूलाई भगवान् देखाउनुपर्ने ?

तपाईंहरू प्रेम देखाउनुहोस्, म भगवान् देखाइदिन्छु; तपाईंहरू महामानवताको अभिमान त्यागेर आउनुहोस्; म तपाईंहरूकै पाउमा मेरो मुण्टो टेकाइदिन्छु !

प्रत्येक जड पदार्थमा समेत अव्यक्त एवम् अमूर्त जीवब्रह्म र परब्रह्म छन्; नत्र निर्जीव भनिएका अन्नका दानाभित्र घुन अथवा सिलसाहरू कसरी जन्मन्छन् ?

आकाश, वायु, सूर्य, जल र पृथ्वीलाई प्रदूषित गराउने अर्थराज-नीतिको विकृतिलाई उन्नति र संस्कृति भन्नेहरूसँग उत्तर छ ?

हाम्रा भगवान् र भाषाले जीवलाई आवश्यक पर्ने सम्पूर्ण वस्तु, ज्ञान-विज्ञान अनि आश्चर्यजनक आविष्कार गर्ने वैज्ञानिक र प्राविधिकलाई नै बनाए !

तमोगुणको ‘ब्ल्याक होल’ मात्रै पत्ता लगाएर हुन्छ ? रजोगुणको ‘रेड होल’ र सत्त्ववगुणको ‘ह्वाइट होल’मा पुग्नुपर्दैन ? भाषाको भूगोलकै अन्त नबुझेर भद्रगोलमा परेको अर्थराज-नीतिले अनन्त प्रेममय गोलोकको अर्थ कहिले बुझ्छ ?

जड पदार्थमा पद भाषा, अर्थ भगवान् ! भगवान्लाई भेटाउन त च्यात्तै छोड्नुपर्छ, अभिमान !

दूधबाट दही देखाउनेहरू जताततै छन्; हरियो घाँस अथवा रातो रगतबाट सेतो दूध निकाल्नेहरू कहाँ छन्, छन् ?

अर्थराज-नीतिले राष्ट्रियताको जामा फेर्न र धर्मको मुकुण्डाे  भिर्न सिकायो; मनुष्यलाई मनुष्यसँगै लडायो; एउटाले बनायो; अर्काले ढलायो !

परमात्मा दामोदरको द अक्षर ‘दया, दान र इन्द्रिय-दमन’ गनून् ! प्राकृतिक त्रिगुणका यिनै तीन धर्मबाहेक अरू धर्म कतै छ भने मलाई भनून् !

व्यक्तिगत स्वार्थी अहङ्कारमा रमाएका अभिमानी दानव, मानव र देवताहरूलाई निष्काम प्रेम पच्दैन; सामूहिक परमार्थी अहङ्कार समाएका सर्वात्मा, परमात्मालाई सम्मान पटक्कै रुच्दैन ।

जहाँ सम्मान आउँछ, त्यहाँ अभिमान गन्हाउँछ ।

सर्वात्मा, परमात्मासँगको अहङ्कार परमार्थी अहङ्कार हो; परमार्थी अहङ्कारको धर्म परोपकार हो । परमात्माबाट अभिव्यक्त अहङ्कार प्रत्येक प्राणी र पदार्थको साझा अहङ्कार हो; निर्विकार अहङ्कार हो ।

फराकिलो छाती भएका दानीका लागि चन्द्रमा सधैँ दाहिना हुन्छन्; खुनी, लोभी र पापीहरूका मन-मस्तिष्कमा दन्किरहेका आगाका अगेना हुन्छन् ।

चन्द्र-सूर्य र अग्नि सबैका, आकाश सबैको, वायु सबैको, भाषा-प्रकृतिको धर्मराज-नीतिमा भेदभाव देखाउने को हो ? व्यष्टि अहङ्कारीहरूले पानीमा बाँध लगाएका छन्; एक देशका प्राणी अर्को देशमा नजाऊन् भनेर पृथ्वीमा साँध लगाएका छन् !

समष्टि अहङ्कारी विराट् पुरुषको साझा विश्वशरीरमा कीला गाड्ने अर्थराज-नीतिको फिलामा दाम्लो बाँध्न ढिला नगरौँ; सकिन्छ, आपैmँलाई गरौँ तर कुनै पनि प्राणी र पदार्थलाई हेलाँ नगरौँ !

खाडीका खुदा, जेरुसलमका जिसस, देउपाटनका पशुपतिनाथ, लुम्बिनीका बुद्धनाथ; विजयपुरका बूढा सुब्बा इत्यादि सबैमा मेरा भगवान् समान छन्; आधुनिक वैज्ञानिक र प्राविधिकले भर्खर-भर्खर वायुयान उडाए, कम्प्युटर बनाए; रोबर्ट पनि बनाए । के अचम्म भयो त ?

म मेरै रहरलाई गिर्जाघर र गुरुद्वार बनाउँछु; म गुप्त गुम्बामा हराउँछु; हर्षबाट चर्च बनाउँछु; मस्तिष्क-मस्जिदमा इद मनाउँछु; मनलाई वृन्दावन र मन्दिर बनाउँछु !

हेरूँ त, मेरो आस्थालाई कसले ढलाउँदो रहेछ; हेरूँ त, मेरो विश्वासलाई कसले चलाउँदो रहेछ !

मलाई यौनानन्दमा बिलाउनु छैन; प्रेमानन्दमा रमाउनु छ; मलाई बलवान् र पहलमानहरूको प्रशंसा चाहिएन; निर्धन, अकिञ्चन र दीनहरूको प्रसन्नता देख्न पाए पुग्छ !

मलाई रित्तो भोजनालय-अगाडि भोको पेट मिचेर बसेकाहरूलाई रुवाउनु छैन; अर्थ-राजनीतिले सिँगारेको सुनौलो शौचालय धाउनु छैन; म मेरो मौनताले मनुष्य शरीरलाई प्रेमालय बनाउँछु; शिवालय बनाउँछु ‘ॐ नमः शिवाय’ सँग रमाउँछु ।

कहिले कहीँ त हजुरहरूलाई पनि लाग्दो होला—

संसारबाट व्यष्टि अहङ्कारको निरङ्कुश एवं नृशंस सत्ता गल्र्याम-गुर्लुम ढालिदिऊँ !

सशस्त्र सेना र प्रहरीहरूलाई अशस्त्र हरिको परम पदतिर हालिदिऊँ; न्यायाधीश र कर्मचारी-प्रशासकहरूका मन-मस्तिष्कबाट निकालेर भ्रष्टाचार र पापाचार फालिदिऊँ; हृदयभरि हरि नै हरि हालिदिऊँ ।

०००
नैकाप, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
१००८ गठबन्धन महापार्टी

१००८ गठबन्धन महापार्टी

डा. गाउँले बलदेव
म प्रज्ञापति !

म प्रज्ञापति !

डा. गाउँले बलदेव
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x