साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म प्रज्ञापति !

नेताजीले गरेकै छन् योग्यताको परीक्षण । मैले देश उचालेको देखेका छन् कुनै दिन । मभन्दा योग्य को होला ? छाती माडेर भन्दछु । उचाली दुइटै देश, म प्रज्ञापति बन्दछु ।

Nepal Telecom ad

अद्वितीय भएँ भ्रष्ट देखाएँ प्रष्ट पौरख ।
उखेलेर जुँगा मैले अन्तै रोपिसकेँ सखा ।१।

म देखाइरहेको छु छोप्नुपर्ने सबै कुरा ।
तथापि हाँस्न खोज्दैनन् अठार वर्षका भुरा ? ।२।

वर्षैभरि मनाइन्छ गाईजात्रा यतातिर ।
गोरुबाहरू हेर्दै छौँ छात्राको कण्ठमुन्तिर ।३।

नेत्राणीले सबै पाना पल्टाई लेख्न लाउँछिन् ।
सधैँ पढाइराख् भन्छिन्; राति नै भेट्न आउँछिन् ।४।

नेताजीले गरेकै छन् योग्यताको परीक्षण ।
मैले देश उचालेको देखेका छन् कुनै दिन ।५।

मभन्दा योग्य को होला ? छाती माडेर भन्दछु ।
उचाली दुइटै देश, म प्रज्ञापति बन्दछु ।६।

०००
नैकाप, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
१००८ गठबन्धन महापार्टी

१००८ गठबन्धन महापार्टी

डा. गाउँले बलदेव
तिमी भोक देखाऊ, म भगवान् देखाइदिउँला !

तिमी भोक देखाऊ, म...

डा. गाउँले बलदेव
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x