खेकाेबआजको कविता
फेरि भन्दै छ ऊ, सिंह दरवार हुन जाँदैछ ऊ, मिनी सिंह दरबारबाट उकाल रे ! भन्छ ऊ हाम्रो भाग्य बनाउन जाँदै छ, मंसिरमा नमस्कार सहित केही आश्वासन ।

भन्थे-
संघीयता लागु भएपछि आउँछ
घर आँगनमै
सिंहदरबार
नेताहरूको भाषण
ताली ठोक्ने कार्यकर्ता
हामी पनि
हो आयो सिंहदरबार
तर त्यो कहिले स्याल भएर आयो
कहिले आयो बनेर ब्वाँसो
भालू चितुवा बाघ
हुने न हुने भएर आयो
डङ्का पिटदै
कहिले बिरालो भनेर
कहिले बनेर मुसा
आउन त आयो
एकदमै पिराहा बनेर आयो
कहिले एक्लै आयो
कहिले सामुहिक बनेर
कहिले लडाइँ गरेको देखायो
कहिले मिलेको
भन्यो- तिम्रै लागि ऊ उनीहरू
हो भन्यौं
दंग पर्यौं
चुनावको दिन
भोलिपल्ट ऊ भन्न थाल्यो
हामी त विशिष्ट
शिष्ट
हिजोको ऊ रहेन ऊ
नचिनेको हामीले
उसले झुक्यायो
झुलायो
फेरि भन्दै छ ऊ
सिंह दरवार हुन जांदैछ ऊ
मिनी सिंह दरबारबाट उकाल रे !
भन्छ ऊ
हाम्रो भाग्य बनाउन जाँदै छ
मंसिरमा
नमस्कार सहित केही आश्वासन
केही लुटका पैसा
बाँदरे हनुमान दाससँग
आफ्नो प्रायोजित जयजयकार लिएर
दक्षिणी दक्षिणा
पश्चिमका दक्षिणाको केही अंश पनि
बाँडिरहेछ-
मानौ, लखनौं लूट उसको
जताततै छर्नु छ
सत्ता, शक्तिको लागि
गरिएको रिहर्सल
अराजक उसका मन मस्तिष्क
तिमीहरू जनता हौ
हुने हौ दास
शासन प्रशासन हात लिदै
केही चापलुसहरूको मण्डली खडा गर्दै
महामण्डले डनको सहयोगमा
बीभत्स नृत्य गर्दै, गराउंदै
पसिना मात्रै नपुगेर खान
हिंस्रक बनेर
दाँत तीखो बनाउँदै
गर्जन गरिरहेछ-
ऊ पो उल्टै भनिरहेछ-
खवरदार !
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































