साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपाली रुख

दक्षिणी हावा बेजोड छ छैन कम हावा पश्चिमको किन उत्तरको हावा नचलेको ?

Nepal Telecom ad

नेपाली रुख हुँ
हिजोको
बीपी म
सुवणर्, गणेशमान, किशुन,
निधि, योगेन्द्रमान म
साउँ समेत दिन्थें
आज
रुख रहेन रुख
हिजोको ढकमक्क रुख
चौतारी हुन्थ्यो
फलफूल कति
बटुवा सबैको छहारी
जो जता रुखको खोजीमा
त्यो त हिजोको कुरा
भने होलान्- रुखले सेप लाग्यो
काटे होलान्
केही हाँगा
तर आज
मनीका लागि
मस्सलले
म्यानिपुलेशन गरेर
गरेनन् के
दक्षिणी हावा बेजोड छ
छैन कम हावा पश्चिमको
किन उत्तरको हावा नचलेको
हो, मेरो इतिहास लामो
त्याग, सेवा लामो,
तर आज फर्केर हेर्छु
म नाङ्गो बनें
अरु बने चङ्गा
लट्टाइ अर्कोतिर तान्ने
रहेन प्राकृतिक श्रोत केही
विकासका नाममा
कमाउने सबै
जंगल सूर्यबहादुरले मासे
उनको छोरा पार्टीमा आयो
अमेरिके ऊ होइन
विकास नाम
काम कमाउ
हेर त म
गिंड्दा गिंड्दा के बनाए गति !
उफ्
म/रुख तस्करको
म/रुख ठेकेदारको
पाँडे पजनीको
कमाउ धन्दा
हुँदाहुँदै लुटको
अब विकासबाट
हुने नेपाली रुख म
विकास, परिवर्तन म
बाटो केही, बस केही, काम केही,
दाम धेरै
नेतालाई त छँदैछ
कार्यकर्तालाई पनि
को भन्दा कम को ?
यसो भन्दै म हाल भएको हिजो
गिरिजाले के गर्यो
रहिनं सिङ्गो रुख
भएं बेहाल
आखिर गठबन्धन त हो !

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x