साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुकुरहरू

अरुको खोसेर खाऊ खोस्न न सके खाउ मिलेर पाए आफू र आफ्नाहरु खाऊ अरुलाई न दिएर खाऊ मन नमिले पनि केही दिएर खाऊ पालो पैंचो खाऊ ।

Nepal Telecom ad

कुकुरहरू
लडेर खान्छन्
भिडेर खान्छन्
पाएसम्म खान्छन्
खानका लागि खान्छन्
भन्छन्
बन्धु !
जुनी त खानेको हो
कुकुरहरू कहिले यता उता कहिले
एक नाइके जस्तो जताततै
हड्डी देखतै राल काटने यी
भर्सक एकलै टिप्छ्न्
समूह मिलाएर टिप्छ्न्
भन्छन्
मित्रता त आवश्यकता हो
शत्रुता किन
त्यो त बहाना हो
कहिले कुकुर जातिकै कुरा गर्छन्
धेरै जसो आफ्नो बिरादरीको
कुकुरहरू फरक ठान्छन् मान्छे हुँ भन्नेदेखि
भन्छन् –
कुभलो कहाँ चिताउंछौं र तिमीहरू जस्तो
कुकुरहरू बलियो र निर्धो छुट्टाछुट्टै राख्दैनन्
पछुवालाई तिरस्कार गर्दैनन् ,

यिनीहरू
कहिले संँगै हिँडछ्न्
कहिले अलग
ओल्लो र पल्लो टोल विभेद संधै कहाँ

भन्छन्-
मिलीजुली खाऊ
फेरि छुट्टाछुट्टै हुन्छन्
के पर्छ कुन्नि !
अरुको खोसेर खाऊ
खोस्न न सके खाउ मिलेर
पाए आफू र आफ्नाहरु खाऊ
अरुलाई न दिएर खाऊ
मन नमिले पनि
केही दिएर खाऊ
पालो पैंचो खाऊ ।

नमिल्नु किन र
सिद्धान्त नीति त भन्ने त कुरा हुन्
जतासुकै मिलोस्
खाऊ
न भन पश्चिम्
दक्षिण न भन
उतर भेटे पनि नछोड
कुकुरहरू भन्छन्
अबोध मनुवा
हामी संचित चाहिँ गर्दैनौं
त्यस अर्थमा मार्क्स हाम्रो चेलो हो
बाँकी रहेको हामी त्यसै छोडिदिन्छौं
कुकुरहरू कुनै कुनाका किन न हुन्
अरुलाई त अरुलाई
कुकुरहरूलाई पनि सहदैनन्
भुक्भुक गर्छन्
खेद्छ्न्
हुल पनि पो गर्छन्
भुस्याहाको त नगरौं कुरै
कुकुरहरू पालो पनि कुर्न सक्छन्
उनीहरू मालिक रिझाउन सक्छन्
लङ्गडाको साथी हुन सक्छन्
यौटा कृतज्ञताको भाव छ तिनमा ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x