खेकाेबकुकुरहरू
अरुको खोसेर खाऊ खोस्न न सके खाउ मिलेर पाए आफू र आफ्नाहरु खाऊ अरुलाई न दिएर खाऊ मन नमिले पनि केही दिएर खाऊ पालो पैंचो खाऊ ।

कुकुरहरू
लडेर खान्छन्
भिडेर खान्छन्
पाएसम्म खान्छन्
खानका लागि खान्छन्
भन्छन्
बन्धु !
जुनी त खानेको हो
कुकुरहरू कहिले यता उता कहिले
एक नाइके जस्तो जताततै
हड्डी देखतै राल काटने यी
भर्सक एकलै टिप्छ्न्
समूह मिलाएर टिप्छ्न्
भन्छन्
मित्रता त आवश्यकता हो
शत्रुता किन
त्यो त बहाना हो
कहिले कुकुर जातिकै कुरा गर्छन्
धेरै जसो आफ्नो बिरादरीको
कुकुरहरू फरक ठान्छन् मान्छे हुँ भन्नेदेखि
भन्छन् –
कुभलो कहाँ चिताउंछौं र तिमीहरू जस्तो
कुकुरहरू बलियो र निर्धो छुट्टाछुट्टै राख्दैनन्
पछुवालाई तिरस्कार गर्दैनन् ,
यिनीहरू
कहिले संँगै हिँडछ्न्
कहिले अलग
ओल्लो र पल्लो टोल विभेद संधै कहाँ
भन्छन्-
मिलीजुली खाऊ
फेरि छुट्टाछुट्टै हुन्छन्
के पर्छ कुन्नि !
अरुको खोसेर खाऊ
खोस्न न सके खाउ मिलेर
पाए आफू र आफ्नाहरु खाऊ
अरुलाई न दिएर खाऊ
मन नमिले पनि
केही दिएर खाऊ
पालो पैंचो खाऊ ।
नमिल्नु किन र
सिद्धान्त नीति त भन्ने त कुरा हुन्
जतासुकै मिलोस्
खाऊ
न भन पश्चिम्
दक्षिण न भन
उतर भेटे पनि नछोड
कुकुरहरू भन्छन्
अबोध मनुवा
हामी संचित चाहिँ गर्दैनौं
त्यस अर्थमा मार्क्स हाम्रो चेलो हो
बाँकी रहेको हामी त्यसै छोडिदिन्छौं
कुकुरहरू कुनै कुनाका किन न हुन्
अरुलाई त अरुलाई
कुकुरहरूलाई पनि सहदैनन्
भुक्भुक गर्छन्
खेद्छ्न्
हुल पनि पो गर्छन्
भुस्याहाको त नगरौं कुरै
कुकुरहरू पालो पनि कुर्न सक्छन्
उनीहरू मालिक रिझाउन सक्छन्
लङ्गडाको साथी हुन सक्छन्
यौटा कृतज्ञताको भाव छ तिनमा ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































