साइबर अपराध सम्बन्धी सचेतना सामग्री

संसार बदल्ने कला

“लौ ! सबैले माग्ने कसले भनेको छ र ? माग्ने हामी, दिने तपाईंहरू । संसार बनाउने हामी, हेर्ने तपाईंहरू ।”

Nepal Telecom ad

देश बनाउने कुरा धेरै भए । पुराना कुरा मात्र कति गर्ने । अब संसार बनाउने कुरा गर्नुपर्छ भन्ने सोच आयो । यसको नेतृत्व नेपालले लिने भयो ।

संसार बनाउने विषयमा छलफल गर्न नेपालमा विद्वत भेला बोलाइयो । भेलामा सुकरात, चाणक्य, लाओत्से जस्ता दार्शनिक आमन्त्रित थिए । डार्बिन, मार्क्स, फ्रायड, आइन्स्टाइन नहुने कुरै थिएन । रुसो, लिङ्कन, गान्धीदेखी हिटलर र मुसोलिनिसम्म सबै संसार बनाउने बहसमा सहभागी थिए ।

संसार कसरी बन्छ ? छलफल बहस सुरु भो ।

सुकरातले सबैले सत्य बोले संसार बन्ने तर्क प्रस्तुत गरे । चाणक्यले इमान्दारिता र कुटनीतिमा जोड दिए । लाओत्सेले अलि दार्शनिक भएर बोले ।

डार्बिनले मानिसले बाँच्नका लागि संघर्ष गरेको कथा सुनाउँदै संघर्ष नै संसार बदल्ने अस्त्र हो भन्ने तर्क प्रस्तुत गरे । मार्क्सले डार्बिनको संघर्षमा अलिकति द्वन्द्वात्मक भैतिकवादको लेपन लगाइदिए । आइन्स्टाइनले विज्ञान र प्रविधिको विकास बिना संसारको विकास संभव छैन भने । फ्रायड्ले मान्छेका मनोवृत्तिलाई विकाससँग जोड्दै अलिकति यौनिक रंग सनेत भरेर छलफललाई रोमान्टिक बनाइदिए ।

हिट्लरले युद्ध बिना संसारको विकासको परिकल्पना गर्नै नसकिने तर्क राखे । गान्धीले हिटलरको तर्कको कडा प्रतिवाद गर्दै संसार बदल्ने एक मात्र अस्त्र शान्ति र अहिंशा हो भने ।

आयोजकको नाताले अन्त्यमा बोल्ने पालो नेपालको थियो । नेपालबाट मागबहादुर झ्वाम त्यस बहसमा सहभागी थिए ।

विदेशबाट आयातित टाइ र सुटमा सजिएका मिस्टर मागबहादुर झ्वामले भने- “हेर्नुस् मित्रहरू ! हामीले तपाईंहरूको कुरा सुन्यौँ । सुन्यौं मात्र होइन, बुझ्यौँ पनि । तर तपाईंहरुले भने जस्तो गरी संसार बन्दैन ।”

“कसरी बन्छ त ?” एक सहभागीले प्रश्न गरे ।

“संसार मागेर बन्छ । हामीले मागेरै देश बनाएका छौँ, संसार पनि मागेरै बनाउने हो ।” मिस्टर झ्वामले फूर्तिसाथ भने ।

“देश बनाउँदा पो एक देश माग्थ्यो अर्को देशले दिन्थ्यो । संसार बनाउँदा त सबै देशले आफ्नो योगदान गर्नु पर्‍यो । सबैले मागेपछि दिने चाहिँ कसले ?“ फेरि अर्को सहभागीको प्रश्न आयो ।

“लौ ! सबैले माग्ने कसले भनेको छ र ? माग्ने हामी, दिने तपाईंहरू । संसार बनाउने हामी, हेर्ने तपाईंहरू ।” मिस्टर झ्वामले अझ फूर्तिले भने ।

नेपालको संसार बनाउने कला देखेर सबै आश्चर्यचकित भए । भेला सकियो । सहभागीहरू आफूले माग्ने कला नजानेकोमा पछुताउँदै आआफ्नो देश फर्के ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अनन्त शून्य

अनन्त शून्य

डा. टीकाराम पोखरेल
प्रेम शताब्दी

प्रेम शताब्दी

डा. टीकाराम पोखरेल
कामरेडसँग तीन भेट

कामरेडसँग तीन भेट

डा. टीकाराम पोखरेल
सदावहार गाईजात्रा !

सदावहार गाईजात्रा !

डा. टीकाराम पोखरेल
जात्रा चोर

जात्रा चोर

डा. टीकाराम पोखरेल
कवि बन्ने रहर

कवि बन्ने रहर

डा. टीकाराम पोखरेल
बजेट

बजेट

रामकुमार पण्डित क्षेत्री
ताली

ताली

चम्पा दिवस राई
गधाको कथा

गधाको कथा

माधव पोखरेल गोज्याङ्ग्रे
परिचय

परिचय

दिव्य गिरी
0
Would love your thoughts, please comment.x
()
x