साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हँसाए बूढाले

उनको उद्घोष छ- ‘मेरो सास छउन्जेल यी सबै सगोलमै बस्छन् । जोसुकैले जेसुकै भनुन् म बाँचेसम्म छुट्टीभिन्न हुने अधिकार छैन यिनलाई ।’

Nepal Telecom ad

बाघवीर बूढा ठ्याक्कै उनान्सय वर्षका भए । उमेर अनुसार निकै पूmर्तिला र त्यत्तिकै जाँगरिला पनि छन् । उनलाई अहिलेसम्म न हिँड्नलाई लौरोको सहायता चाहिएको छ न कसैको कुरो सुन्नलाई सुन्ने यन्त्र नै कानमा झुन्ड्याउनु परेको छ । पत्रिकाका अक्षर बिनाचस्मा कतै नअड्कीकन फररर्र पढिदिन्छन् ।

खानपानका कुरा निकाल्नेबित्तिकै उनी चुड्की बजाएर बोल्न थाल्छन् र भन्छन्- ‘हेर्नुस्, उहिलेका जमानामा एक सुकाको तीन माना घिउ खा’को ज्यान पो हो यो त ! चानचुने छ । अहिलेसम्म पन्ध्र मुठी चामलको भात त अचार तरकारी केही नभए पनि खेर जाँदैन । परिआयो भने दुई चार वटा केटा छोएरै ढाल्दिन्छु, घचेट्न पनि पर्दैन । त्यसै बाघवीरे भा’छु !!’

दुईदुई वर्षको अन्तरालमा जन्मेका नौ वटा छोराछोरी छन् । सात वटा छोराबुहारी नातिनातिनासहित एउटै घरमा सगोलमा बस्छन् । दुई छोरी बाहिर । उनको उद्घोष छ- ‘मेरो सास छउन्जेल यी सबै सगोलमै बस्छन् । जोसुकैले जेसुकै भनुन् म बाँचेसम्म छुट्टीभिन्न हुने अधिकार छैन यिनलाई ।’

कडा छन् बाघवीर बूढा । उनले बोलेपछि लालमोहर । कसैले ‘चुँ’ गर्दैन । नाउँ अनुसारकै व्यक्तित्व छ । घरमा मात्र नभएर वरपर समाजमा पनि उनको ढब यस्तै छ ।

उनलाई कुनै पनि कुरो कोट्ट्याउन मात्र पर्छ, धक नमानीकन फररर्र बोल्न थालिहाल्छन् । पत्नी वियोग र उनको उमेरका विषयमा राखिएको चासोमा उनी यसरी प्रस्तुत भए र भने- ‘म चालिसको हुँदा मेरी जहान गइन् । समाजले भन्दाभन्दै पनि नौ वटा छोराछोरीको मुख हेरेर अर्को विवाह पनि गरिन । जहान चाँडै मरी र पो ! नत्र प्रत्येक वर्ष तीजमा मेरो दीर्घ आयुको कामनामा उनी व्रत बस्न पाएकी भए म अहिले कमसेकम पनि डेढसय वर्षको हुन्थेँ ! बुझ्नु भो ?’

०००
२०७९/५/१४
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जुँगा निर्मूल अभियान

जुँगा निर्मूल अभियान

पिँडालु पण्डित
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
निरन्तरताको क्रमभङ्ग

निरन्तरताको क्रमभङ्ग

पिँडालु पण्डित
खासखुस

खासखुस

पिँडालु पण्डित
पुर्पुरो

पुर्पुरो

पिँडालु पण्डित
प्रतिवाद

प्रतिवाद

फित्काैली डटकम
अभाव

अभाव

शेषराज भट्टराई
ओल्ड इज गोल्ड

ओल्ड इज गोल्ड

भोलानाथ सुबेदी
खरोखास मित्र

खरोखास मित्र

सुरेशकुमार पाण्डे
0
Would love your thoughts, please comment.x
()
x