साइबर अपराध सम्बन्धी सचेतना सामग्री

१००८ गठबन्धन महापार्टी

अन्तर्राष्ट्रिय समर्थन पनि हाम्रै पक्षमा आउन करै लाग्छ । १००८ शान्तिको प्रतीक हो । राष्ट्रमा दीगो शान्तिको स्थापना पनि हामीबाहेकका अरू कसैबाट असम्भव छ भन्ने प्रचारका लागि आजै पत्रकार सम्मेलनको तयारी गरिहाल ।

Nepal Telecom ad

‘गाउँले’ बलदेव अधिकारी :

प्रिय भाग्यमानी पुत्र यज्ञ,
सहर्ष शुभाशीर्वाद !
कुशल रही कुशलताको कामना गर्दछु ।

भाग्यमानी पुत्र,
मेरो राजनीतिक सक्रियता र निष्फलताका कारण तिमीहरू निकै बिरक्तिएका थियौ । मैले तिमीहरूलाई समय आएपछि हाम्रो सफलतालाई कसैले पनि चुनौती दिन सक्तैन भनेर सम्झाइरहन्थेँ । आज त्यो दिन आयो । भाग नपाउने जाबाहरूका लागि प्रतिगमन ठहरिए तापनि तिमीहाम्रा लागि यो अवसर अग्रगमनको अवसर हो । दैवले हाम्रै लागि जुराइदिएको यस सुवणर्घडीमा किंकर्तव्यविमूढ हुने अथवा तथाकथित ठूला पार्टीका कथित नेताहरूको बहकाउमा पर्ने बेला यो किमार्थ होइन । मैले झण्डै तीन दशक गरेको राजनीतिक खेती भित्रिँदै छ । अर्थ, यश, बल आदि सबै सिद्धिहरू मेरै अधीनस्थ हुन चाहि-रहेका छन् ।

विलम्ब नगरी अब मेरा समर्थक बा, मीतबा, आमाहरू, मितिनीआमाहरू, सासूहरू, मितिनीसासूहरू, ससुराहरू, मीत-ससुराहरू, काकाबाहरू, मीत-काकाहरू, बडाबाहरू, मीत-बडाबाहरू, काकीमाहरू, मितिनी काकीहरू, बडीमाहरू, मितिनी बडीमाहरू, दाजुहरू, मीतदाजुहरू, भाउजूहरू, मितिनीभाउजूहरू, भाइहरू, मीतभाइहरू, छोराहरू, मीतछोराहरू, छोरीहरू, मितिनी- छोरीहरू, भतिजहरू, मीतभतिजहरू, बुहारीहरू, मितिनीबुहारीहरू, फुपूहरू, मितिनीफुपूहरू, फुपाजुहरू, मीत-फुपाजुहरू, भान्दाइहरू, मीत-भान्दाइहरू, भान्जीभाउजूहरू, मितिनी-भान्जीभाउजूहरू, भानिजभाइहरू, मीतभानिजभाइहरू, भानिजबुहारीहरू, मितिनीभान्जी-बुहारीहरू, दिदीहरू, मितिनीदिदीहरू, भिनाजुहरू, मीतभिनाजुहरू, बहिनीहरू, मितिनी-बहिनीहरू, जुवाइँहरू, मीत-जुवाइँहरू, भान्जाहरू, मीतभान्जाहरू, भान्जीहरू, मितिनीभान्जीहरू, मीतज्यूहरू, महा-मीतज्यूहरू, महामितिनीज्यूहरू र उहाँहरू सबैका यस्तैयस्तै नाताहरू मिलाउँदै जाँदा नेपालमा मात्र होइन विश्वभरि नै पार्टी खोल्ने क्षमता तिम्रो बाउसँग हुँदाहुँदै अहिलेसम्म भोकै थियौ, अब चाहिँ जति खानुपर्छ खाऊ- तर अहिल्यै नयाँ पार्टी दर्ता गराउन जाऊ र आफन्त जति सबैलाई दर्ता गर्न लगाऊ ।

हेर, हाम्रो पार्टीमा मितेरी नातासमेत सहभागी हुने हुनाले विभिन्न जाति, वर्ग, धर्म, सम्प्रदाय आदिको स्वतः प्रतिनिधित्व भइहाल्छ । १००८ शुभसूचक अङ्क भएकाले मैले आफ्ना र आफन्तका साथीहरूलाई समेटिरहन आवश्यक ठानिनँ । जाबो एक हजार आठ पार्टी त एकै घण्टामा दर्ता गराउन सकिन्छ । मध्यम जनसङ्ख्या भएको एक परिवारकै सदस्यले एउटा पार्टी बनाउन सकिन्छ । अवधारणा मैले नै ल्याएको हुनाले

एक हजार आठ पार्टीको अध्यक्ष निर्विरोध रूपमा मैले नै पाइहाल्छु । आफ्नै परिवार र कुटुम्बले भरिएको भन्दैमा पार्टीको मान्यता नपाउने होइन क्यारे ! बहुदलीय गठबन्धन महापार्टीको अध्यक्षतामा गठित सरकारले मात्र निर्वाचन गराउन पाउनुपर्छ भनेर माग राखौँ । अन्तर्राष्ट्रिय समर्थन पनि हाम्रै पक्षमा आउन करै लाग्छ । १००८ शान्तिको प्रतीक हो । राष्ट्रमा दीगो शान्तिको स्थापना पनि हामीबाहेकका अरू कसैबाट असम्भव छ भन्ने प्रचारका लागि आजै पत्रकार सम्मेलनको तयारी गरिहाल । म एक घण्टाभित्र घर आइपुग्नेछु ।

उही तिम्रो अक्कली बाउ
गाउँले ‘बले’

०००
नैकाप, काठमाडाैं
फित्काैली अङ्क ३, (२०६२)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिमी भोक देखाऊ, म भगवान् देखाइदिउँला !

तिमी भोक देखाऊ, म...

डा. गाउँले बलदेव
म प्रज्ञापति !

म प्रज्ञापति !

डा. गाउँले बलदेव
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x