साइबर अपराध सम्बन्धी सचेतना सामग्री

समग्र हूँ म !!

नदी बगेझैँ म बगूँ सबेर नितान्त नौलो नव धारनेर ! तरङ्ग तैरूँ म तमाम रङ्ग समग्रको अङ्ग बनूँ म ढङ्ग !! विशाल ल्याऊँ मनका कुनामा रहे भगाऊँ भय यी दुनामा ! बनेर निर्भीक म राज्य छाडूँ समग्रका सोच सदैव बाँडूँ !!

Nepal Telecom ad

कलानिधि दाहाल :

ममा मलाई कति छैन बाधा
म सिर्जनामा छु उताल प्याधा !
छ दृश्यको धार धरा धमाका
सबै यता छन् किन कोर्नु खाका ??

अदृश्यको धार अनन्तभित्र
लिएर झुम्ने मनभित्र चित्र !
अजीवको जीवन रङ्गरूप
धरा विराट्को म छु यो स्वरूप !!

बनूँ म नै रङ्ग सहस्र गाढा
घुसाउँदै दृश्य बनेर साँढा !
म सामु हेर्ने सबबाट टाढा
नवीन हूँ एक अजीव गाढा !!

बनौँ बनौँझैँ म अपार पार
खिचूँ दुवै लोक मिसेर सार !
मभित्र मेरो म सधैँ रहूँ म
हुने पुराना सब दूर हूँ म !!

न खानको भोक भरी बसूँ म
न स्वाङ छाना छतमा घसूँ म !
न आङका वस्त्र म आँसु झारूँ
सब‌ै भगाई सृजना उतारूँ !!

हटूँ म हाँसो पनि हुन्न केही
हटूँ म नासो पनि हुन्न केही !
लिऊँ म पासो अझ हुन्न केही
समाधि साधा सब ढङ्ग केही !!

नदी बगेझैँ म बगूँ सबेर
नितान्त नौलो नव धारनेर !
तरङ्ग तैरूँ म तमाम रङ्ग
समग्रको अङ्ग बनूँ म ढङ्ग !!

विशाल ल्याऊँ मनका कुनामा
रहे भगाऊँ भय यी दुनामा !
बनेर निर्भीक म राज्य छाडूँ
समग्रका सोच सदैव बाँडूँ !!

र देशको भक्ति सधैँ भगाऊँ
जुरुक्क उठ्ने जग यो जगाऊँ !
उदारका द्वार सबै खुलाऊँ
उदात्तमा सिर्जन गुल्गुलाऊँ !!

०००
कलेकुटी, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
नेता म मानूँ किन ??

नेता म मानूँ किन...

कलानिधि दाहाल
बोको

बोको

डा. विप्लव ढकाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
मुखौटा

मुखौटा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
जुल्फी

जुल्फी

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x