साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुकेलुतो

सुकेलुतो सल्किएर देश सुकेको छ लुतोपोतो पल्किएर देशै लुटेको छ । लुटाहा र फटाहाले लुतो पालेका छन् लुतोलाई लुकाउन लुते लागेका छन् ॥ नेताजीको राष्ट्रिय पहिरन । सुकेलुतो कन्याउँदा हैरान ॥

Nepal Telecom ad

डा. बमबहादुर थापा ‘जिताली’ :

निषेधको रानजीति सुकेलुतो बनी
आलोपालो लाजनीति भएको छ धनी ।
भुटानी र लुटानीमा लुतो लागेको छ
त्यै लुताले सताएर युवा भागेको छ ॥

सङ्घीयता बनेको छ हलोकाटी मुङ्ग्रो
लुते मुङ्ग्रो सल्किएर भएको भुङ्ग्रो ।
जताततै फैलिएको लुतो भ्रष्टाचारी
सुकेलुतो चुलिएर भएको छ भारी ॥

भुङ्ग्रो बनी डसेको छ खसेको छ अर्थ
सुकेलुतो कन्याउँदा अर्थ भयो व्यर्थ ।
बालकाण्ड, गिरीबन्धु, काण्ड सहकारी
अनगिन्ती काण्ड गर्ने गणतन्त्रधारी ॥

नाइके र टाउके बसे लुतो कन्याएर
देश नाङ्गो पारिकसे नोट खन्याएर ।
लुतो सर्न थालेको छ दायाँ-बायाँ गरी
सल्किएर फैलेको छ सारा अङ्गभरि ॥

फाल्नुपर्छ लुतोलाई अगुल्टाले हानी
विकृति र विसङ्गति रोग ठूलो ठानी ।
उपचार गर्नुपर्छ परिष्कार गरी
लुतो यदि रह्यो भने गर्छ मनपरी ॥

सुकेलुतो सल्किएर देश सुकेको छ
लुतोपोतो पल्किएर देशै लुटेको छ ।
लुटाहा र फटाहाले लुतो पालेका छन्
लुतोलाई लुकाउन लुताे लागेका छन् ॥

नेताजीको राष्ट्रिय पहिरन ।
सुकेलुतो कन्याउँदा हैरान ॥

०००
नागार्जुन न.पा.-१, रानीवन, काठमाडौँ
९८४१४९१०८१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सक्छ को गीत बिर्सन ?

सक्छ को गीत बिर्सन...

डा. बमबहादुर जिताली
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
तमासा

तमासा

डा. बमबहादुर जिताली
बाँदर्नी मैयाँ र ढेडुको तमासा

बाँदर्नी मैयाँ र ढेडुको...

डा. बमबहादुर जिताली
हालको बेहाल

हालको बेहाल

डा. बमबहादुर जिताली
मन त फलामकै भए असल हुन्छ

मन त फलामकै भए...

हरिभक्त कटुवाल
लेखेर के हुन्छ र ?

लेखेर के हुन्छ र...

बालकृष्ण खनाल
ईश्वरहरुको युद्ध

ईश्वरहरुको युद्ध

भूपिन खड्का
भताभुङ्ग भएछ देश

भताभुङ्ग भएछ देश

दिनेश पाण्डेय
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
0
Would love your thoughts, please comment.x
()
x