साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गुरु पूर्णिमा र मेराे मन्त्री महिमा

हिज हामीजस्ताले सडकमा ढुङ्गा नहानेकाे भए , टायर नबालेकाे भए देशमा न गणतन्त्र आउथ्याे न संघीयता । तसर्थ देश र जनताका लागि बलिदान गरेकाे हुनाले नै यहाँसम्म आएकाे हाे । मन्त्री खाएकाे हाे ।

Nepal Telecom ad

रामप्रसाद पन्थी :

गुरूब्रह्मा गुरूर्विष्णु गुरूदेवाे महेश्वर
गुरूसाक्षात् परब्रह्म तस्मै श्री गुरवे नम: ।

ब्रह्मा, विष्णु र महेश्वरभन्दा पनि गुरु ठूला हुन् ।गुरु साक्षात् परब्रह्म स्वरूप छन् । यसर्थ यस्ता महान् ज्ञात अज्ञात् सबै गुरूहरूमा मेराे नमन छ ।

म सानैदेखि चञ्चल र उट्पट्याङ् स्वभावकाे मान्छे हाे । घरमा कसैले तह लगाउन सकेकाे थिएन । स्कुल लगाइदिएपछि साेझिन्छ भनेर गाउँलेहरूले बाउलाई कुरा लगाइदिए । बाउले त्यहीँ कुरा पत्याएर भर्ना स्कुलमा गरिदिए । सुरूसुरूमा स्कुल जान सारै सकस भयाे । बाउले चकलेट दिई दिई स्कुल जाने बानी पारिदिए । स्कुलमा साथीहरूसँग परिचय बढ्दै गयाे । चकलेट खान पाउने भएपछि साथीहरू मसँग झिम्मिन थाले । दिनहरू बित्दै जाँदा टाेली नेता पनि भइयाे । कक्षाकाेठामा फूर्तिफार्ति बढ्दै गयाे । एउटा कुरा यहाँ भन्नै पर्छ । मलाई पढ्न भनेपछि पटक्कै मन पर्दैनथ्याे । सरले पढाएका कुरामा ध्यान हुँदैनथ्यो । गृहकार्य कहिल्यै गरिएन । दुईचार सिप्किना, उठबस र मुर्गा बनेपछि गृहकार्यकाे काम पूरा हुन्थ्याे ।

नियमित स्कुल पाे कति गइयाे र ? अन्त जान मेसाे नपरे मात्रै स्कुल गइयाे । मेसाे परेसम्म बाटैमा झाेला लुकाएर , पाेशाक फुकाएर अन्तै गइयाे । अन्त कता भन्नुहाेला ? धेरैजसो खाेलातिर गइन्थ्याे । पाैडी खेलिन्थ्याे । माछा मारिन्थ्याे । गुलेलीले चरा मारेर पाेलेर खाइन्थ्याे । गुँड खाेज्दै हिडेर फुल फुटाइन्थ्याे । मट्याङ्रग्रा खाेजेर गुच्छा खेलिन्थ्याे । काक्रा, अमिला, आरू , मकै चाेरेर भुँडी भरिन्थ्याे । स्कुल छुट्ने बेला समयमै घर पुगिन्थ्याे ।
जेजे गरे पनि मलाई स्कुलप्रति असाध्यै माया थियाे । यति गाढा माया कि कुनै पनि कक्षामा एक वर्ष मात्रै पढिएन । नदाेहाेर्याइकन कक्षा चढिएन । गुरूहरूले पनि असाध्यै माया गर्दथे । बलकाे काम गर्न परे मलाई नै अगाडि सार्दथे । उफ्रने , कुद्ने , भाला फाल्ने , छेलाे फाल्ने जस्ता खेलकुदमा म नै प्रथम हुन्थें । यस्ता खेलमा कयौंपटक स्कुललाई शिल्ड जिताएकाे थिएँ । यसरी शिल्ड जित्नुका पछाडि पनि कारण छ । गाउँमा चाेर्न हिड्दाकाे भागदाैडले प्रतियोगिता जित्न सजिलाे भएकाे थियाे ।

जेहाेस् दस वर्षकाे स्कुले जीवनलाई बीस वर्ष लगाएर कलेज पढ्ने भइयो । बाउकाे खल्ती काटेर हाेस् या ढाँटेर सधैं टिपटप बनेर हिडियाे । ज्यान बनाउन जिम गइयाे । मार्सल आर्ट सिकेर डन बनियाे । गन किनेर सुटर भइयाे । कसैका बङ्गरा झार्न परे , करङका भाटा खुस्क्याउनु परे मेराे नै खाेजी हुन थाल्याे । क्याम्पसकाे स्ववियु चुनावबाट विद्यार्थी नेता भइयाे । विद्यार्थी नेता, युवा नेता , संसद , हुँदै आज मन्त्री समेत खाइयाे ।

म‌ैले बिर्सेकाे छैन आफ्नाे धरातललाई । आज मेराे जुन सफलता छ । यसमा गुरूहरूकै याेगदान छ । मलाई नियन्त्रणमा राख्न नसक्ने मेरा बाउ गुरु हुन् । उनलेे नियन्त्रणमा राखेकाे भए याे उचाइ प्राप्त हुँदैनथ्यो । स्कुलमा कडाइ भएकाे भए खाेलातिर धाउने र चाेर्न हिड्ने अवसर मिल्दैनथ्याे । क्याम्पसमा गुण्डागर्दी गर्ने माैका नपाएकाे भए स्ववियु निर्वाचन जितिदैन्थ्याे । स्ववियु नजितेकाे भए युवानेता भनेर चिनिदैनथ्याे । यसरी नचिनिएकाे भए संसदकाे टिकट किनिदैनथ्याे । माननीय मन्त्री भएर हिडिदैनथ्याे । त्यसैले पनि म मेरा ज्ञात अज्ञात गुरूहरूप्रति नतमस्तक छु ।

गुण्डागर्दीकै भरमा मन्त्री भएकाे ठान्नुभयाे भने तपाईं भ्रममा हुनुहुन्छ । मैले आफ्नाे इतिहास बताइसकेकाे छु । दस वर्षे स्कुले जीवन हाे तर म‌ले बीस वर्ष बिताइसकेकाे छु । चानचुन दस वर्ष कलेज र क्याम्पसमा बित्याे । यति लामाे समय विद्यालय, कलेज र क्याम्पसका प्राङ्गणमा बिताएकाे मान्छे पनि अनपढ हुन्छ ? यसर्थ म जस्तो पढेकाे र सबैथाेककाे अनुभव गरेकाे मन्त्री पाउनु देशकै लागि गाैरवकाे विषय हाे ।

विनाश नगरी विकास हुँदैन भन्ने सिद्धान्तलाई राम्रोसँग बुझेकाे छु मैले । त्यसैले स्कुल , क्याम्पसका झ्याल, ढाेका र सिसाहरू फाेरेका धेरै अनुभवहरू मसँग छन् । सडकमा कति रेलिङ्गहरू ताेडियाे ? त्यसकाे कुनै हिसाब छैन । हिज हामीजस्ताले सडकमा ढुङ्गा नहानेकाे भए , टायर नबालेकाे भए देशमा न गणतन्त्र आउथ्याे न संघीयता । तसर्थ देश र जनताका लागि बलिदान गरेकाे हुनाले नै यहाँसम्म आएकाे हाे । मन्त्री खाएकाे हाे ।

जुन थालमा खायाे त्यसैमा प्वाल पार्ने बैगुनी म हाेइन । पुनः दाेहार्याउन चाहन्छु ; गुरूहरूप्रति उच्च श्रद्धा र सम्मान छ मेराे । अन्त्यमा भन्न चाहन्छु गुरूहरूलाई –
त्वमेव माता च पिता त्वमेव
त्वमेव बन्धुश्च सखा त्वमेव
त्वमेव विद्या द्रविणं त्वमेव
त्वमेव सर्वं मम देवदेव ।

जय गुरूपूर्णिमा !
जय गुरूदेव !!

०००
२०८१ श्रावण ६
गुरूपूर्णिमाका अवसरमा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आफनि घाेल आफुइ धेकुन

आफनि घाेल आफुइ धेकुन

रामप्रसाद पन्थी
शहीद ?

शहीद ?

रामप्रसाद पन्थी
म त दान दिन्नँ

म त दान दिन्नँ

रामप्रसाद पन्थी
जेन्जी छाेरीलाई चिठी

जेन्जी छाेरीलाई चिठी

रामप्रसाद पन्थी
प्रभु ! नाक काटेर नकटाे बनाऊ

प्रभु ! नाक काटेर...

रामप्रसाद पन्थी
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x