साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शहीद ?

नक्कली टाेली स्वर्गमा पनि हाबी नै भएछ सक्कली भन्छन् स्वर्गमा हाम्राे यत्तिकै रहेछ । विवेक कैले फर्केला कुन्नि शासकहरूकाे मर्यादा कैले हुने हाे बरै ! शहीदहरूकाे ?

Nepal Telecom ad

रामप्रसाद पन्थी :

नेपालबाट लामाे नै सूची स्वर्गमा गएछ
शहीद सच्चा काे हाे त भनी विवाद भएछ ।

शहीद दुई कित्तामा भए सक्कली नक्कली
विवाद हुँदा दुवैमा भयाे धकेला धकेली ।

संयुक्त माेर्चा गठन गर्याे नक्कली टाेलीले
सक्कलीमाथि धाबा नै बाेल्याे नमिठाे बाेलीले ।

बहुधा शक्ति उतैकाे भयाे नक्कली दलमा
सक्कली सबै दबायाे कठै मुढे त्याे बलैमा ।

स्वर्गमा पनि शहीद सेवा सुविधा खाेजेर
इन्द्रको अघि बजायाे मुठी टेबुल ठाेकेर ।

रूपियाँ दस लाख त हामी नेपालै पाएकाे
त्याे भन्दा बढी सुविधा सेवा स्वर्गमा चाहेकाे ।

सूची नै हेर हे इन्द्र ! राजा शहीदहरूकाे
नेपाली भन्दा काे छ त अरू शहीद भएकाे ?

नेपाली हामी नेताका सच्चा सेवक हुनाले
शहीद पद पाएका हामी उनैका गुनले ।

देशका लागि काे मर्याे बाँच्याे माने त्याे राख्दैनाैं
पार्टीका लागि मरेका हामी अरू त जान्दैनाैं ।

पार्टीकै चिन्ता भएर अति जाँडले मरेका
शहीद हामी केही छाैं यहाँ काेटामा परेका ।

शासन सत्ता जाला है इन्द्र ! नादान नबन
जाकिनु पर्ला चतुरो बन्दा खाडल नखन ।

फालेर राजा आएका हामी शहीद नेपाली
बस्दैनाैं चुप यहाँ नि इन्द्र शासन नढाली ।

दिएछ धम्की स्वर्गमा पनि नक्कली टाेलीले
डरले इन्द्र फकाए भन्छन् मसिनाे बाेलीले ।

नक्कली टाेली स्वर्गमा पनि हाबी नै भएछ
सक्कली भन्छन् स्वर्गमा हाम्राे यत्तिकै रहेछ ।

विवेक कैले फर्केला कुन्नि शासकहरूकाे
मर्यादा कैले हुने हाे बरै ! शहीदहरूकाे ?

०००
२०८२ माघ १६

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मोबाइलको ठाँडो

मोबाइलको ठाँडो

रामप्रसाद पन्थी
ऋतुदान

ऋतुदान

रामप्रसाद पन्थी
लुताे फालेँ मैले

लुताे फालेँ मैले

रामप्रसाद पन्थी
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
0
Would love your thoughts, please comment.x
()
x