साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ए भुँडी !

माने भुँडी तँलाई यहाँ पुलिस अख्तियारले छोडे पनि माथि चित्रगुप्तले पक्कै तेरो हिसाब राख्याछन् होस गरेस् है भुँडी सुगरले हानेर हुन्छ कि प्रेसरले हानेर हुन्छ यमराजले पक्कै बन्दुक ताक्याछन् ।

Nepal Telecom ad

प्रेम वली ढकलपुरे :

मेचम्ची पानी पनि तैँले खाइस्
ठूल ठूला योजना तैँले खाइस्
कैले जियम पाइस् त कैले मन्त्री पाइस्
अब गयो भन्ने बेला फेरि फर्की फर्की आइस्
देशै रित्तो बनाइस् शेष रित्तो बनाइस्
चार हातको जनतालाई बित्तो बनाइस्
ए भुँडी अब त खान छोडी देन
खेलाडीले जस्तो तँैले नि सन्यास लेन ।

खाने मात्र रैछ तेरो काम
जति भने पनि नलाग्ने
तेरो घैँटोमा घाम
भ्रष्टाचारी देश भनेर
कति बनाउछस् बदनाम ?

कति हसुर्छ्स् जनताको धन
अलिकति नि दुख्दैन तेरो मन ?
खाँदा खाँदा त भुँडी जलगैँडा झैँ फुल्याछस्
अझै राष्ट्रको धन हसुर्न कुर्सीमा भुल्याछस् ?

हेर त खाँदा खाँदा
सुगर लाग्या छ, प्रेसर बढ्या छ
तँ जस्तो भुँडी कति हिँड्दा हिँड्दै लड्या छ
जनताकै धनले छोरालाई डाक्टर बनाइस्
छोरीलाई इन्जिनियर बनाइस्
अर्कै पैसोले तारे होटेलमा जन्मदिवस मनाइस्
खाँदा खाँदा तँ भुँडी त सिनो झैँ गनाइस् ।

अझै पुगेन तँलाई यस्तो गर्न ?
बरु खान छोड्न गाह्रो छ भने
एक पटक बेस्सरी हसुरेर ट्याङ्कर झैं पट्केर मर्न
मन्त्रालयको कुर्सीमा बसे पनि टोकेकै छस्
अख्तियार कुर्सीमा बसे पनि ठोकेकै छस्
संस्थानको कुर्सीमा बसे पनि बोकेकै छस्
माने भुँडी तँलाई
यहाँ पुलिस अख्तियारले छोडे पनि
माथि चित्रगुप्तले पक्कै तेरो हिसाब राख्याछन्
होस गरेस् है भुँडी
सुगरले हानेर हुन्छ कि प्रेसरले हानेर हुन्छ
यमराजले पक्कै बन्दुक ताक्याछन् ।

०००
घट्टेकुलाे, काठमाडौंं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x