साइबर अपराध सम्बन्धी सचेतना सामग्री

`टिकट बिक्री सेवा केन्द्र´मा स्वागत !

हामीलाई सबै किसिमका देशी विदेशी शक्तिको साथ, सहयाेग र समर्थन छ । तपाईंका पार्टी फुटाउनु परे या जुटाउनु परेमा अवश्य सम्झिनुहाेला । हामी सेवामा तत्पर छाैं ।

Nepal Telecom ad

रामप्रसाद पन्थी :

टिकटका कारण म स्वयमले धेरैपटक धेरै ठाउँमा सास्ती भाेगेकाे छु । मैले मात्रै किन तपाईंहरू धेरैले भाेग्नु भएकै हाेला ? जाबाे टिकटका कारण पाएकाे दुःख पनि कसलाई सुनाउने भन्नुभएकाे हाेला ! मलाई थाहा छ, तपाईं मनकाे बह कसैलाई नकह भनेर बस्नुभएकाे छ । बाेल्नेकाे पिठाे बिक्छ नबाेल्नेकाे चामल पनि बिक्दैन भन्ने कुरा त मैले भनिरहन पर्ने कुरा हाेइन । तैपनि स्मरण गराउन खाेजेकाे मात्रै ।

आजभोलि तपाईं जहाँ जानुहाेस् टिकट र टाेकनकाे लाइन नभएकाे ठाउँ हुँदैन । जहाँसम्म टिकटकाे कुरा छ ; टिकटले आधिकारिक प्रमाणकाे भाउ पाएपछि यसकाे के कुरा गर्नु र ? कुरा गरे कुराकै दुःख हुन्छ । नगरे कलेजी मन छुन्छ । टिकट चाहिने ठाउँमा टिकट लिन मान्छेले दाउ छाेप्नु परेका कथा र बेथा भाेग्नु परेकालाई नै थाहा हाेला । अरूलाई के थाहा? यहीँ टिकट पाउनलाई कतिका पाउ छाेप्नु परेकाे हाेला ? बजारमा टिकटकाे भाउ बढ्न थालेपछि दाउ , बाउ र बडाबाउहरूकाे पनि ह्यउ कति बढेकाे हाेला ?

के तपाईं टिकटकाे फिक्रीमा हुनुहुन्छ ? भनेकाे बेलामा टिकट नपाएर हैरान हुनुहुन्छ ? ब्ल्याकमा लिनुपर्ने तनाव झेल्नु भएकाे छ ? टिकटकाे लाइनमा बस्दा बस्दा आजित हुनुहुन्छ ? लामाे लाइनमा बस्दा पनि कसैले आजलाई टिकट सकियाे भनेर हतास गराएका छन् ? अब फिक्री नगर्नुहोस् । हामीले टिकट सम्बन्धि सम्पूर्ण समस्याको हल लिएर आएका छाैं । नेपालभित्र तथा बाहिर हामी यहाँलाई सेवा दिन तयार छाैं । नाे सर्भिस चार्ज। अर्डर हुनासाथ टिकट तपाईंको साथ ।

हाे हामीले बजारमा ‘टिकट बिक्री सेवा केन्द्र´ लिएर आएका छाैं । याे विशुद्ध गैरनाफामूलक केन्द्र हाे । टिकट पीडित मनहरूलाई सेवा पुर्याउने यस सेवा केन्द्रकाे एकमात्र लक्ष्य हाे । हामी न्यूनतम शुल्कमा अधिकतम् सेवा दिनमा प्रतिबद्ध छाैं ।

टिकट बिक्री सेवा केन्द्रबाट कस्ता सेवाहरू उपलब्ध गराइन्छ ? यहाँहरूकाे जिज्ञासा हाेला । जिज्ञासा हुनु स्वभाविक हाे। हेर्नुहाेस्, हामीकहाँ सबै किसिमका टिकट सहजै प्राप्त गर्न सक्नुहुन्छ । स्वास्थ, शिक्षा, यातायात, सञ्चार, खेलकुद, मनाेरञ्जन, राजनीति … तपाईंलाई कुन क्षेत्रकाे टिकट चाहियाे ? हामी उपलब्ध गराउछाैं । हामीकहाँ अनलाइन र अफलाइन दुवै किसिमकाे व्यवस्था छ । तपाईंको एक कल फाेन , म्यासेज वा कुनै पनि किसिमको सूचना प्राप्त हुनासाथ हामी सेवामा हाजिर हुनेछौं ।

कुरा प्रष्ट बुझिएन ?
सुन्नुहाेस् म प्रष्ट पारिदिन्छु । प्रष्ट मात्रै किन छरपस्ट पारिदिन्छु । कुराे छरपस्ट भएपछि भ्रष्टहरू त्रस्त र ग्रस्त हुन्छन् कि ?

ठीक भन्नुभयाे गर्न खाेजेकै यही हाे । हामी सबै कुरा पारदर्शी हाेस् भन्ने चाहन्छाै । नव युवाकाे भावनालाई कदर गर्दै बदलिँदो परिवेशमा चल्न चाहन्छाैं ।

विदेशी लगानी छ कि ?

बिलकुल छैन ।` टिकट बिक्री सेवा केन्द्र ´ विशुद्ध नेपाली ब्रान्ड हाे । यति मात्रै भनाैं यसमा विदेशीहरूकाे शुभेच्छा अवश्य छ ।

के के सुविधा दिन्छ सेवा केन्द्रले ?

तपाईंको आवश्यकता भन्नुहाेस् । हामी सेवा उपलब्ध गराउँछाैं । तपाईंलाई कहाँकाे कस्ताे टिकट चाहियाे ? हुलाकघर, सिनेमाघर, मेला- महाेत्सव , प्रदर्शनी स्थल, अस्पताल, यातायात …कुन क्षेत्रकाे ?

सवारी साधनकाे चाहियाे ? कृपया खुलाउनुहाेला। हामीसँग पाङ्ग्राले गुड्ने, पखेटाले उड्ने, फलाममाथि दाैड्ने, पानीमाथि पाैड्ने सबै सवारी साधनका टिकट उपलब्ध छन् ।

तपाईं राजनीतिक पेशाकर्मी हुनुहुन्छ ? तपाईंलाई चुनावमा उठ्ने टिकट चाहिएकाे हाे ? त्याे पनि सस्तो, सुलभ र भरपर्दाे ? तपाईंको आफ्नै पार्टीले पत्याएन ? दस्तुर धेरै बुझाउनु पर्ने भाे ? दस्तुरले पनि नहुने रे ? कि चाकडी पुगेन ? नाे प्राेबाेलम ! हामीलाई सम्झिनुहाेस् । उम्मेद लिएर आउनुहाेस् । हामी दिलाउँछाैं तपाईंलाई उम्मेदवारीको टिकट । टिकट लैजानुहाेस् । लड्नुहाेस् चुनाव ।

टिकट दिलाउने हाम्राे काम हाे । चाहनुहुन्छ भने चुनाव चिन्ह पनि दिलाइदिउँला । राेजे अनुसारकै मिलाइदिउँला । सहयाेगकाे कुरा गर्नुहुन्छ भने हाम्राे सेवा केन्द्रले तपाईंलाई निराश गर्दैन । तपाईंलाई भाषण गर्नका लागि भाडाका जनता उपलब्ध गराइदिन सक्छाैं । सम्झाैता अनुसार दिनरात डट्ने कार्यकर्ता खटाइदिन सक्छाैं । तपाईंकै खर्चमा हामीले पाउने सर्तमा रक्सीका बाेतल र राँगाका टाउका लडाइदिन सक्छाैं । भाषण गर्न आउदैन भने नआत्तिनुहाेस् । त्याे पनि हामी बनाइदिन सक्छौं । आवश्यक परे फिजिकल र अनलाइन माध्यमबाट पढाइदिन सक्छाैं । मतपत्रकाे परिणाम नआउञ्जेल तपाइँको पक्षमा माहाेल अडाइदिन सक्छौं । जितिहाल्नु भाे भने सत्तामा चढाइदिन सक्छाैं । सत्तामा मेसाे नमिले भत्ताले ढडाइदिन सक्छौं ।

हाम्रा प्यारा ग्राहक वर्गमा एउटै मात्रै अनुराेध छ । हामी तपाईंलाई ज्यान दिएर सेवा गर्न तयार छाैं । हाम्राे सेवाका बारेमा हामीसितै कुरा गर्नुहाेला । यदि हाम्राे टेवा र सेवामा रहेर दायाँबायाँ गर्न खाेज्नु भयाे भने हामी मादुराे , राेबर्ट मुगाबे , बशर अल असद बनाइदिन सक्छाैं । जुनसुकै बेला लडाइदिन सक्छौं ।

हाम्रा प्यारा देवता, हाम्रा मालिक, हाम्रा अन्नदाता, प्राणदाता ! यति एउटा सामान्य कुरा तपाईं जान्नुहाेस् । हामीले भनेकाे हर कुरा मान्नुहाेस् त हामी भन्दै भन्दैनाैं । हामीलाई सबै किसिमका देशी विदेशी शक्तिको साथ, सहयाेग र समर्थन छ । तपाईंका पार्टी फुटाउनु परे या जुटाउनु परेमा अवश्य सम्झिनुहाेला । हामी सेवामा तत्पर छाैं ।

प्यारा सेवाग्राही ! टिकट बिक्री सेवा केन्द्रले तपाईंको हार्दिक स्वागत गर्दछ । तपाईंको सेवा गर्न पाउनुलाई हामी हाम्राे कर्तव्य ठान्दछाैं । सिमित टिकटहरूमा असिमित माग भइरहेकाे हुँदा आजै आफ्नो प्रति सुरक्षित राख्नुहाेस् । हामी भरपर्दाे सेवा उपलब्ध गराउने बाचा गर्दछौं । टिकट बिक्री सेवा केन्द्रप्रति ढुक्क हुनुहाेस् । सासमात्रै बाँकी रहेका लासहरूसँग के अपेक्षा गर्नुहुन्छ ? हामी तपाईंहरूकाे आशलाई निराश हुन दिने छैनाैं ।

तपाईंको सेवाकाे प्रतीक्षामा

टिकट बिक्री सेवा केन्द्र
अस्तव्यस्त चाेक, गुमनाम लपाने ।

०००
मिति २०८२।१०।०५
रेसुङ्गा न पा २ , गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आफनि घाेल आफुइ धेकुन

आफनि घाेल आफुइ धेकुन

रामप्रसाद पन्थी
शहीद ?

शहीद ?

रामप्रसाद पन्थी
म त दान दिन्नँ

म त दान दिन्नँ

रामप्रसाद पन्थी
जेन्जी छाेरीलाई चिठी

जेन्जी छाेरीलाई चिठी

रामप्रसाद पन्थी
प्रभु ! नाक काटेर नकटाे बनाऊ

प्रभु ! नाक काटेर...

रामप्रसाद पन्थी
दबाई कि सवाई

दबाई कि सवाई

रामप्रसाद पन्थी
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x