साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फित्कौलीका लित्कौलीहरू

बा भएका छन् अब फुक्का धेर जाेरी नखाेज है पाउला मुक्का अरु ता के सकियोस् तोडिन्छ अब टुक्का ।

Nepal Telecom ad

हाेम सुवेदी :

लितिक्क कविताः
फित्कौलीकाे फितिक्क
नहाँसी धर खितिक्क
नयाँ कविहरूले
कविताकाे काखैमा
लितिक्क ।

गुच्चा कविताः
हान गुच्चा
लौ न ए फुच्चा
कस्ताे लुच्चा
अरू ता त्यस्तै हुन्
बा नै छुच्चा ।

अपूर्ण बाछिटे कविता:
क पु रि क
खाेई मे राे मुसाे
यता तिर छ ।

पूर्ण बाछिटे कविता:
शब्दका पर्पर्‍याउने बाछिटा छन्
तिमेरु केटा भन्दा
जे अर्न पनि बा छिटा छन् ।।

उदक कविता:
मास्तिरबाट तल्तिर छाम
ताताे घाम बाफ छ तमाम
दराे हाल है घरलाई थाम ।

टुक्के कविता:
बा भएका छन् अब फुक्का
धेर जाेरी नखाेज है पाउला मुक्का
अरु ता के सकियोस्
तोडिन्छ अब टुक्का ।

डाली कविता:
खेतकाे नाघेर आली
नेता आयो गर्न गाली
खानु चुनाउमा मासुभात थाली
बजाओ झोले हो ताली ।

खाेरिया कविता:
गणपति बाबा माेरिया
जाओ बन फाँड्न कोरिया
खेत बनाऊ है खाेरिया ।।

हाइकु कविता:
क फ ल नस
प न म ग ष ध ख
अ इ ५ 8 !

ताङ्का कविताः
बाेट लगाउनू भाङ्का
रुपिया नचलाउनू चाङ्का
गजब कवित्त ताङ्का ।

बड्कुँलाे कविताः
नवनना
सिपजषययिपसवि
पसप
पपवनन ।

थास/रास कविताः
विीखिूिी16४३
#%&86४३ ओछिन
!?)(5/ दिन ।

उत्तर आधुनिक कविता:
भैसीकाे सिङ
केटाकाे पिङ
हाम्रा किङ
हाल न
त्यस फटाको
—-मा
हिङ ।।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x