फित्काैली डटकमबूढानीलकण्ठ साहित्य समाजको विशेष कवि गोष्ठी
समाजका अध्यक्ष वरिष्ठ साहित्यकार इन्द्रकुमार श्रेष्ठ सरितको सभाध्यक्षतामा भएको उक्त गोष्ठीको प्रमुख अतिथिमा वरिष्ठ आख्यानकार एवम् समाजका सल्लाहकार भागीरथी श्रेष्ठ हुनुहुन्थ्यो ।

काठमाडाैं, असाेज । बूढानीलकण्ठ साहित्य समाजले आफ्नो नियमित कार्यक्रम अन्तर्गत विजया दशमीको पूवॅसन्ध्यामा जुम प्रविधि माफॅत् विशेष कवि गोष्ठीको आयोजना गरेको छ ।
समाजका अध्यक्ष वरिष्ठ साहित्यकार इन्द्रकुमार श्रेष्ठ सरितको सभाध्यक्षतामा भएको उक्त गोष्ठीको प्रमुख अतिथिमा वरिष्ठ आख्यानकार एवम् समाजका सल्लाहकार भागीरथी श्रेष्ठ हुनुहुन्थ्यो ।
उक्त कवि गोष्ठीमा कविता वाचन गनेॅ कविहरुमा प्राज्ञ चेतनाथ धमला, सुशीला प्रधानाङ्ग, राधा दुलाल काकीॅ, देवकी खतिवडा, अनु खड्का, गंगा भिलाषी(अमेरिका), सीता अधिकारी, सरिता तुलाधर(विराटनगर), सीता विष्ट काकीॅ, श्रीराम छेत्री, उमिॅला पन्त पाण्डे, गंगा पौडेल (अमेरिका), लगायत हुनुहुन्थ्यो । वाचित कविताहरुमाथि समीक्षक डा. शैलजा पोखरेलले सटिक टिप्पणी गर्नुभएको थियो । वाचित कविताहरुको मुल ममॅ र उद्धेश्यको तहसम्मै पुगेर गरिएको समीक्षात्मक टिप्पणी अत्यन्त सारगभीॅत पनि रहेको थियो ।
समाजका उपाध्यक्ष श्रीराम छेत्रीले स्वागत मन्तब्य दिनु भएको उक्त कायॅक्रममा बूढानीलकण्ठ नगरपालिका वडा नं ९ का वडाध्यक्ष सुमित्रा त्रिपाठी पाण्डेले कार्यक्रमको सफलताको कामना गदैॅ बूढानीलकण्ठ साहित्य समाजकै उत्तरोत्तर प्रगतिको कामनागर्दै शुभकामना मन्तब्य प्रकट गर्नु भएको थियो ।
कार्यक्रममा साहित्यकार ललिता दोषीले पनि शुभकामना मन्तब्य प्रकट गर्नु भएको थियो भने डा. अपर्णा पोखरेलको विशेष उपस्थिति रहेको थियो । कायॅक्रमको सञ्चालन साहित्यकार सुधा मैनालीले गर्नु भएको थियो ।
000
Subscribe
Login
0 Comments
Oldest










































