साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धोती लगायौ किन संविधान ?

आतङ्कारी पनि छोड्न थाल्दा आफ्ना बिराना मनमा बराल्दा के पर्छ होला मन भित्र भान ? धोती लगायौ किन संविधान ?

Nepal Telecom ad

बिन्दु दहाल मूकदर्शक :

जो मार्छ मान्छे सब छोड्न थाल्यौ
उल्टो दिशामा पद चाल्न थाल्यौ
आफैँ जलायौ गरिमा इमान
धोती लगायौ किन संविधान ? १

छन् चोर डाँका हतियार तिम्रा
यो राष्ट्र लुट्ने मतियार तिम्रा
पार्‍यौ बिरामी गणतन्त्र जान
धोती लगायौ किन संविधान ? २

रोएर हिँड्छ्न् सब सर्वहारा
बग्छन् नदी झैँ नित अश्रुधारा
तोडेर सारा विधिका विधान
धोती लगायौ किन संविधान ? ३

आतङ्कारी पनि छोड्न थाल्दा
आफ्ना बिराना मनमा बराल्दा
के पर्छ होला मन भित्र भान ?
धोती लगायौ किन संविधान ? ४

कुर्सी समाई किन पक्षपात ?
गर्छौ तिमीले भन ए कुजात
मान्छेहरू यी सब छन् समान
धोती लगायौ किन संविधान ? ५

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मातापिता निधि दुई

मातापिता निधि दुई

बिन्दु दहाल ‘मूकदर्शक’
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
बुझ्न बाँकी छ धेरै

बुझ्न बाँकी छ धेरै

बिन्दु दहाल ‘मूकदर्शक’
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

बिन्दु दहाल ‘मूकदर्शक’
विचार पथका चेलाहरू हो सुन

विचार पथका चेलाहरू हो...

बिन्दु दहाल ‘मूकदर्शक’
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x