सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

धोती लगायौ किन संविधान ?

आतङ्कारी पनि छोड्न थाल्दा आफ्ना बिराना मनमा बराल्दा के पर्छ होला मन भित्र भान ? धोती लगायौ किन संविधान ?

Nepal Telecom ad

बिन्दु दहाल मूकदर्शक :

जो मार्छ मान्छे सब छोड्न थाल्यौ
उल्टो दिशामा पद चाल्न थाल्यौ
आफैँ जलायौ गरिमा इमान
धोती लगायौ किन संविधान ? १

छन् चोर डाँका हतियार तिम्रा
यो राष्ट्र लुट्ने मतियार तिम्रा
पार्‍यौ बिरामी गणतन्त्र जान
धोती लगायौ किन संविधान ? २

रोएर हिँड्छ्न् सब सर्वहारा
बग्छन् नदी झैँ नित अश्रुधारा
तोडेर सारा विधिका विधान
धोती लगायौ किन संविधान ? ३

आतङ्कारी पनि छोड्न थाल्दा
आफ्ना बिराना मनमा बराल्दा
के पर्छ होला मन भित्र भान ?
धोती लगायौ किन संविधान ? ४

कुर्सी समाई किन पक्षपात ?
गर्छौ तिमीले भन ए कुजात
मान्छेहरू यी सब छन् समान
धोती लगायौ किन संविधान ? ५

०००
दमक, झापा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
जन्मे फेरि मुसा

जन्मे फेरि मुसा

बिन्दु दहाल ‘मूकदर्शक’
लाटो सिँगार्छन् अझै

लाटो सिँगार्छन् अझै

बिन्दु दहाल ‘मूकदर्शक’
मुस्किल छ

मुस्किल छ

बिन्दु दहाल ‘मूकदर्शक’
कालो सर्प

कालो सर्प

बिन्दु दहाल ‘मूकदर्शक’
छन् यहाँ

छन् यहाँ

बिन्दु दहाल ‘मूकदर्शक’
गोरु ब्याए

गोरु ब्याए

बिन्दु दहाल ‘मूकदर्शक’
धरोधर्म गर्छु (२५)

धरोधर्म गर्छु (२५)

डिल्लीप्रसाद मूलतिहुन
कसो गर्नु हो ? माइला दाइ !

कसो गर्नु हो ?...

तेजविलास अधिकारी
दुःसमय

दुःसमय

विमल निभा
मलाई कवि जस्तै हुन मजा लाग्छ

मलाई कवि जस्तै हुन...

खगेन्द्र नेउपाने