साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विचरा काफ्ले !

“बालक गोविन्द, असल गुरु गोविन्द, हामी चालीस वर्षदेखि एक साथ, पूणर् कहानी नाटक, म आजाद, जगमोहन, ऊ मेरो यार, मायालु, र धनराज गिरी पनि यही नौटङ्कीबाज हो ।

Nepal Telecom ad

धनराज गिरी :

बस गुडिरहेको छ । चालक देवकोटा आफूलाई राजकुमार ठानेर अर्को सहचालक राखेर मस्त गफमा । मुग्लिङ पार । बाटो जहाँ पनि बिफरले बिगारेको अनुहार जस्तो, दिक्क ! यात्री गोविन्द काफ्ले एक्लो । गफ गर्ने हिम्मत हुन्न । बरु ऊसित आडमा रहेको टोकियो मोडेलको पात्रले पल्लो लहरको पात्रसित परिचय शुरू गर्‍यो ।

“हजुरको शुभनाम ?”
“प्रोफेसर जगमोहन आजाद ! हजुरको ?”
“भास्कर मायालु गिरोपाध्याय! के गर्नुहुन्थ्यो ?”
“म गुरु, सम्मानित गुरु । शुरू नवलपरासी अनि झुवानी !”
“म पनि बालकुमारीबाट झुवानी नै हो । कस्तो नौलो लाग्यो त !”

“यस्तो हुन्छ, हरेक मान्छे, हरेक मान्छेको लागि सधैं नौलो ! मेरो जीवनमा कति गोविन्दजीहरू, आज पनि यो यात्रामा कोही गोविन्द होला, अझ काफ्ले होला, नेपाल होला, भट्टराई होला, तर छैन परिचय ! पूर्ण हुन्छ यसरी नै यात्रा । कसो नौलो बाबू ? “आजादले गोविन्द काफ्लेलाई नै हेरेर सोध्यो ।” अद्भूत, चमत्कार ! सर हजुर त्रिकालदर्शी हो ? म गोविन्द काफ्ले नै हूँ !” “हा हा हा, प्रोफेसर जगमोहन आजादजी, हजुरको नाम सुनेको, आज यो अनि गुन्जन भयो । यही हो विश्वप्रेम, सबै अधिकारी !” चौथो कालको पनि काल बोले, कोत्रे खोला पुगेपछि । “खै,बाई द वे, भास्कर मायालुजी, मलाई त पहिले नै लागेको थियो हजुर गुरु हो भन्ने कुरा, अझ मेरै झुवानीमा, धनराज गिरीलाई चिन्नुहुन्छ ?”

“अरे, यो ब्रह्माण्डमा उही मात्र एक मित्र हो, मेरो,उसको त धेरै, उसकै लागि पुतलीबजार मुकाम बनाएको आज !” भास्कर सहज भएर बोल्यो । “अनि खोई त धनराज गिरी ? नदेखेको धेरै भो । म्यारिज खालमा १७ वर्षअघि भेट भएको थियो ।” आजाद, सहज भावमा नै ।

“त्यो यस्तो मित्र हो, मैले ॐ फट भनेपछि अहिले प्रकट हुन्छ । बरु हजुरको गन्तव्य ?” भास्कर । “म पनि पुतलीबजार, मिसन साहित्य फाटफूट ! आमा सुमित्रा गिरीज्यूकी जय !” “म पनि उही ! कस्तो चिनाजानी नभएको ? आजादजीको घर ?” “बैकुण्ठनगर, बछौली चितवन !” “मेरो मित्र धनराज गिरीको घर पनि …….” अब धानिएन गोविन्द काफ्ले, विचरा काफ्ले, निन्याउरो मुख बनाएर बोल्यो, “सर, हजुरहरूको गफ मेरो लागि ईश्वर बल्लभको निबन्ध, माधवी उपन्यास जस्तो भयो । सबै कुरा उही उही छ, तर चिनाजानी नास्ति, सिनेमाजस्तो । मलाई चक्कर लाग्लाजस्तो भयो । खास कहानी के हो ? मैले त अङ्ग्रेजी र मेरो नामनै बिर्सिने भएँ ।”

“बालक गोविन्द, असल गुरु गोविन्द, हामी चालीस वर्षदेखि एक साथ, पूणर् कहानी नाटक, म आजाद, जगमोहन, ऊ मेरो यार, मायालु, र धनराज गिरी पनि यही नौटङ्कीबाज हो । अब ढुक्क हुनू !”

“हा हा हा …. बिचरा काफ्ले !” राजकुमार देवकोटा पो अघि आयो ।

“यी झुवानीका गुरुहरूको बोली बुझ्न हुलाकी होइन खोलाकी हुनुपर्छ । कथा पूर्ण भयो । ए सात दिने अनुज, पानी पिउनू ! पछि गडबड होला !”

पूर्ण अधिकारी अघि सरे । बस पुग्यो पुतलीबजार । गन्तव्य भेटियो । आशीर्वाद लिएर गोविन्द काफ्ले बिदा भयो ।”

यति नगरेको भए बाटो नकाटिने नि यार ! अरू कुरा काट्नभन्दा त यस्तै नाटक ठीक !” भास्कर मायालु बोल्यो । “यार, विचरा काफ्ले !” आजाद बोल्यो । “ल ल, खाली उही विचरा !” भास्कर ।

०००
चितवन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रकिब !

रकिब !

धनराज गिरी
ससुराली !

ससुराली !

धनराज गिरी
लभलेटर

लभलेटर

धनराज गिरी
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
के ताल हो बूढा ?

के ताल हो बूढा...

धनराज गिरी
सल्लाहकारहरू !

सल्लाहकारहरू !

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x