साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भो हन्तकाली नखा

अड्केका अनगिन्ती केस अघिका ती काँधहाली नखा ताली खा बरु सक्दछस् यदि भने हे भ्रष्ट गाली नखा खाए झैँ गलगिद्ध गिद्ध चिलले चुच्चो पसाली नखा खा खा खा कुन भन्छ? भन्छु म नखा भो हन्तकाली नखा ।

Nepal Telecom ad

रामशरण न्यौपाने :

चोरीको धनमा रमाउन गई गर्छौ कुरा हर्कका
अर्काको धन खान उद्धत हुने ती हुन् किरा नर्कका
टिर्रा चल्दछ हो सधैँ घुस धिचे फुट्छन् भुँडी भ्रष्टका
खा खा खा कुन भन्छ? भन्छु म नखा भो हन्तकाली नखा ।१

आफ्नो धर्म गिराउँदै दिन दिनै तानेर अर्कोकन
राखी सोच निकृष्ट भ्रष्ट मतिले कुम्ल्याउदै त्यो धन
बोलाई परधर्मबाट गुरुमा खुट्टा पखाली नखा
खा खा खा कुन भन्छ ? भन्छु म नखा भो हन्तकाली नखा ।२

भत्ता लाख बुझेर ती गरिबका छाप्रा र पाली नखा
सारा फाँट चरेर बैल जसरी सम्पूणर् बाली नखा
बेची राष्ट्रिय स्रोत यो मुलुकको कान्ला र आली नखा
खा खा खा कुन भन्छ ? भन्छु म नखा भो हन्तकाली नखा ।३

अड्केका अनगिन्ती केस अघिका ती काँधहाली नखा
ताली खा बरु सक्दछस् यदि भने हे भ्रष्ट गाली नखा
खाए झैँ गलगिद्ध गिद्ध चिलले चुच्चो पसाली नखा
खा खा खा कुन भन्छ? भन्छु म नखा भो हन्तकाली नखा ।४

सारा स्रोत गरेर दोहन महान् भण्डार रित्तो गरी
जम्मा गर्न विदेशतर्फ धन त्यो पौँचाउँदै बेसरी
बिर्ता नै सरी बाउको मुलुकको बोसो पलागी नखा
खा खा खा कुन भन्छ ? भन्छु म नखा भो हन्तकाली नखा ।५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x