साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शुभकामना आदान-प्रदान विशेष कविगोष्ठी

अभिनव साहित्य समाजले  शनिबार यसको २४८ औं मासिक श्रृङ्खलाअन्तर्गत शुभकामना आदान-प्रदान विशेष कविगोष्ठी सम्पन्न गरेको छ ।

Nepal Telecom ad

अभिनव साहित्य समाजले आज २०७९/०६/२९ गते शनिबार यसको २४८ औं मासिक श्रृङ्खलाअन्तर्गत शुभकामना आदान-प्रदान विशेष कविगोष्ठी सम्पन्न गरेको छ ।

कार्यक्रम उपाध्यक्ष विमल अर्यालज्यूको सभापतित्व, मेनका आचार्य/पोखेरेलको सञ्चालकत्व र रचना वाचन, आलोक चालिसेको स्वागत मन्तव्य र रचना वाचन, समाजका अध्यक्ष गोविन्द प्र.घिमिरे वेदमणिको समीक्षकत्वबाट सुरु भएको थियो ।

सो कार्यक्रमको प्रमुख आमन्त्रित व्यक्तित्व श्री युवराज मैनाली, विशेष आमन्त्रित व्यक्तित्व शीतल गिरी र डिल्लीप्रसाद अर्यालज्यू (कविता वाचनसहित) रहनुभएको थियो । प्रमुख आमन्त्रितले आज वाचित रचनाहरूको संक्षिप्त टिप्पणीका साथै साहित्य संस्थाले यस क्षेत्रमा गरेको योगदानको चर्चा गर्नुभएको थियो ।

सहभागीमध्ये श्री दुर्गा अधिकारी भ्रमरकोटे, श्री रुद्र अधिकारी, देवकी खतिवडा र निर्मला भट्टराई तथा सभ्यता सन्जेलको रचना र प्रस्तुतिलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो । अन्य सहभागीहरूमा सरस्वती चौलागाई, गोविन्दसंगत महर्जन, घनश्याम प्रसाई, रामचन्द्र दाहाल, ओमप्रसाद कोइराला, रत्ननिधि रेग्मी शुक्राचार्य, नवराज पुडासैनी ज्योत्स्ना, राजेशमान के.सी., पवन सङ्ग्र्रौला, बद्रीप्रसाद सुवेदी, सुमन पुडासैनी, बिन्दा खतिवडा, रामचन्द्र खतिवडालगायत रहनुभएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x