साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रौतहटका साहित्यकार सञ्जय भारतमा सम्मानित

बज्जिका दिवसको अवसरमा भारत बिहारको मुजफ्फरपुरमा रहेको तथागत सांस्कृतिक फाउण्डेसन तथा अरुणादित्य ट्रस्टले साहित्यकार मित्रलाई महाकवि अवधेश्वर अरुण सम्मानबाट सम्मानित गरेको हो ।

Nepal Telecom ad

रौतहटमा नेपाली तथा मातृभाषा बज्जिकामा साहित्य सिर्जना गरिरहेका साहित्यकार सञ्जय साह मित्रलाई भारतमा सम्मानित गरिएको छ । बज्जिका दिवसको अवसरमा भारत बिहारको मुजफ्फरपुरमा रहेको तथागत सांस्कृतिक फाउण्डेसन तथा अरुणादित्य ट्रस्टले साहित्यकार मित्रलाई महाकवि अवधेश्वर अरुण सम्मानबाट सम्मानित गरेको हो ।

नेपाली र बज्जिका भाषामा करिब डेढ दर्जन कृति प्रकाशन गरिसकेका साहित्यकार मित्रलाई नेपालमा मधेस प्रदेश र बागमती प्रदेशका दर्जनौँ संघसंस्थाहरूले सम्मानित गरिसकेका छन् ।

नेपालमा बज्जिका भाषाको पहिलो साहित्यकारको रुपमा मित्रलाई बज्जिका पत्रिकाको माध्यमले बज्जिका भाषाको प्रचार प्रसारमा महत्वपूणर् योगदान दिएकाले सम्मानित गरिएको हो । भारतमा सम्मानित हुने मित्र रौतहटका पहिलो साहित्यकार पनि हुन् ।

मित्रसँगै दुई भारतीय साहित्यकारलाई पनि सम्मानित गरिएको छ । हिन्दी तथा बज्जिका भाषाका साहित्यकारद्वय डा. विद्या चौधरी र अखौरी चन्द्रशेखरलाई पनि सम्मानित गरिएको छ ।

विशिष्ट अन्वेशक तथा समालोचक डा. रामेश्वर प्रसादको अध्यक्षता तथा बज्जिकाञ्चल विकास पार्टीका राष्ट्रिय अध्यक्ष देवेन्द्र राकेशको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा वयोवृद्ध साहित्यकार प्रा.डा. (डि.लिट्.) अवधेश्वर अरुणको पनि सहभागिता रहेको थियो । प्रा.डा. अरुणको जन्म दिवसको अवसरमा भारतमा १४ अक्टुबरलाई बज्जिका दिवसको रुपमा मनाइन थालिएको छ ।

कार्यक्रममा बिहारका विभिन्न जिल्लाका साथै नेपालको सर्लाही र रौतहटका साहित्यकारहरूको सहभागिता रहेको थियो ।

फित्कौली डटकममा नियमित हास्यव्यङ्ग्य लेखनमा सक्रिय सञ्जय साह मित्रलाई फित्कौलीको पनि हार्दिक बधाई ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x