साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गधा

गधाले भन्यो- तपाईँ जति गधा मलाई ठान्नुहुन्छ, त्यत्ति गधा म छैन । उचाईँमा आफूलाई ऊँट र मलाई गधा ठान्ने गाउँले दाजुले हप्काउनु भयो- ए गधा, के हेरेको ट्वाल्ल परेर ?

Nepal Telecom ad

बागमती नदीको किनारमा मेरो गाउँछ । गाउँलेहरू मलाई मूर्ख भन्छन् । मुखेन्जी मूर्ख भनिदिँदा रिस उठ्छ तर कसैले माया गरेर मलाई गधा भन्दा खुसी लाग्छ ।

गधा मेरो प्रिय जनावर हो ।
एक दिन नदी किनारमा बसिरहेको थिएँ ।
गधा र ऊँटको जोडी आइपुग्यो । दुवै मित रहेछन् । दुवैले नदी तर्न खोजे । नदीमा पानी अलिक धेरै थियो । ऊँटले भन्यो- पहिले म तर्छु अनि तपाईं तर्नुहोला । यसरी गर्दा पानी कत्ति छ भन्ने थाहा हुन्छ ।

पानीको गति अलिक तीव्र थियो ।
ऊँट सजिलै खोलो तर्‍यो । पारि गई मतिर फर्केर अलिक मुस्कुराउँदै गधालाई भन्यो- मितज्यू, आउनुस् कम्मरसम्म मात्रै पानी छ । सजिलै तर्न सक्नुहुन्छ ।

गधाले भन्यो- तपाईँ जति गधा मलाई ठान्नुहुन्छ, त्यत्ति गधा म छैन ।
उचाईँमा आफूलाई ऊँट र मलाई गधा ठान्ने गाउँले दाजुले हप्काउनु भयो- ए गधा, के हेरेको ट्वाल्ल परेर ?
गधाले दिएको पछिल्लो जवाफ फर्काएँ ।

०००
रौतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परिधानको भद्र आन्दोलन

परिधानको भद्र आन्दोलन

सञ्जय साह मित्र
दुइमुखे म

दुइमुखे म

सञ्जय साह मित्र
हात्ती पाटी

हात्ती पाटी

सञ्जय साह मित्र
नागरिकता

नागरिकता

सञ्जय साह मित्र
सुप्रिमो

सुप्रिमो

सञ्जय साह मित्र
0
Would love your thoughts, please comment.x
()
x