साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चुनावको नशा !

उमेदको त्यान्द्रोले, उसलाई सधैं जगाई राख्दो र’छ अपशोच, उसको जुन चुनावी नशा छ, देशको निम्ति आज त्यो दशा भैरा’छ ।

Nepal Telecom ad

आस्था छ एकातिर
पहिचान (चिन्ह) छ अर्कातिर
काँध विपक्षीकै
बरु किन चढ्न नपरोस्
लौरी अर्काकै
बरु किन टेक्न नपरोस्
ऊ उमेदवार हुन चाहन्छ
घरदैलो गर्दै दुई हात जोड्न चाहन्छ
सधैं झंै, चुनावको नशामा ।

रक्सीको, जाँडको
गाँजाको, गुट्काको
र धुमपानको नशा जुन छन्
बरु त्यो मान्छेले त्याग्न सक्दो र’छ
तर नशा जुन लाग्छ चुनावको
कसै कसैलाई, त्यसले
बुढौली, बिमारी, अशक्तता केहि भन्दो रै’नछ ।

अवस्था जे सुकै होस्
त्यो त सधैं जागरुक हुँदो र’छ
उमेदको त्यान्द्रोले,
उसलाई सधैं जगाई राख्दो र’छ
अपशोच, उसको जुन चुनावी नशा छ,
देशको निम्ति आज त्यो दशा भैरा’छ ।

०००
असोज २५, २०७९

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
‘रे’ का आवाजहरु !

‘रे’ का आवाजहरु !

गौरी प्रधान
थरी थरिका चोरहरू !

थरी थरिका चोरहरू !

गौरी प्रधान
सपथ

सपथ

गौरी प्रधान
धर्म र सत्ता !

धर्म र सत्ता !

गौरी प्रधान
महादेव !

महादेव !

गौरी प्रधान
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x