साइबर अपराध सम्बन्धी सचेतना सामग्री

थरी थरिका चोरहरू !

Nepal Telecom ad

 height=भोकले, कोहि सिता चोर्छन्
लोभले, कोहि बिटा चोर्छन् {{read_more}}
कोहि भगवानको
फूल र पाति चोर्छन्
कोहि अझै अगाडि बढेर
भगवानको मूर्ति नै चोर्छन्
चोरको कुरा अनेकन छन्
कोहि व्यक्तिको
जायजेथा चोर्छन्
कोहि राज्यको
ढुकुटी नै फोर्छन्
नसक्नेले जाँचमा चिट चोर्छन्
सक्नेले योग्यताको कसी नै चोर्छन्
कोहि नुनको ढिक्का चोर्छन्
कोहि सुनको बिस्कुट चोर्छन् ।

चोरहरू, उहिले पनि हुन्थे
चोरहरू, अहिले पनि छन्
फरक………!
उहिलेका चोरहरू किताव चोर्थे
अहिलेका चोरहरू बिद्द्या नै चोर्छन्
उहिलेका चोरहरू
हुक लाएर थोरै बत्ती चोर्थे
अहिलेका चोरहरू त
बूक गरेर करोडौंको बिजुली नै चोर्छन्
उहिलेका चोरहरूलाई
डामेर पाटा फर्काउँथे
अहिलेका चोरहरू त
चुनावमा टिकट किनेर
अरुलाई नै डामी दिन्छन् ।

उहिलेका चोरहरू
भलै मानिससंग
अलीअली डराँउथे
अहिले मानिसहरू
चोरसंग पो डराउँछन्
के थाहा? भोली यो देश
फेरी फर्केर कतै
उसैले पो चलाउँदैन र भनेर ।

फागुन १०, २०७६
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चुनावको नशा !

चुनावको नशा !

गौरी प्रधान
‘रे’ का आवाजहरु !

‘रे’ का आवाजहरु !

गौरी प्रधान
सपथ

सपथ

गौरी प्रधान
धर्म र सत्ता !

धर्म र सत्ता !

गौरी प्रधान
महादेव !

महादेव !

गौरी प्रधान
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x