साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धर्म र सत्ता !

Nepal Telecom ad

कुनैबेला धर्मलाई  height=
अफिम ठान्नेहरू
आजभोलि धर्मझोलमा {{read_more}}
अल्झिरहेको देख्छु
कुनैबेला धर्मलाई 
आस्था मान्नेहरू 
आजभोलि धर्म खोलभित्र
बल्झिरहेको देख्छु
यस्तो कथा, आज मात्रै होइन
उहिले पनि उस्तै हुन्थ्यो
शाश्त्रार्थमा, तर्क सकेपछि
कहिले महाभारतको युद्ध हुन्थ्यो
धर्ममा विवेक गुमेपछि 
कहिले कलिङ्गको युद्ध हुन्थ्यो,
राजा नेरो, धर्मकै कारण
रोम जल्दै गर्दा 
भ्वाइलिन बजाएर बस्थ्यो
यहुदीहरूलाई 
गेंस च्याम्बरमा डढाई मार्दा
हिट्लर सिठ्ठी फुकेरै बस्थ्यो
युद्ध र लडाईहरूमा
कहिले बुद्धका 
गुम्बाहरू भत्काइन्थ्यो 
कहिले मुसलमानका 
मस्जिदहरू ढालिन्थ्यो
कहिले क्रिस्चियनका 
चर्चहरू भत्काइन्थ्यो 
कहिले हिन्दूका 
मन्दिरहरू ढालिन्थ्यो
कथम् कदाचित
कतै युद्ध र लडाईं भएन भने 
आफू–आफू बीच पनि
माराकाट गरेर बस्थ्यो, सत्ताको लागि !
विश्वमा, धर्मकै नाममा
इरान–इराक युद्ध भयो
इजिप्ट–इजरायल युद्ध भयो
अपशोच आज पनि
दमस्कस जलिरहेछ
काबुलमा बम बारुद पड्किरहेछ
एकातिर सब–सहरानमा
बोको हराम जागिरहेछ
अर्कोतिर यतै कतै 
प्रतिशोधको ज्वाला दन्किरहेछ
कतै धर्मको नाममा 
हिंसा र शोषण गुम्सिरहेछ
कतै धर्मकै नाममा
सत्ताको पासो थापिरहेछ
वास्तवमा,
धर्म आस्था हो, जीवन र जगतको
धर्म निष्ठा हो, आचार र .व्यवहारको
त्यसैले,
धर्मले विवेक जगाए 
उज्यालो ज्योति बलिरहन्छ
तर, धर्मले सत्ता खोजे 
अन्धकारले सधैं पच्छ्याइरहन्छ ।

पौष १०, २०७५
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चुनावको नशा !

चुनावको नशा !

गौरी प्रधान
‘रे’ का आवाजहरु !

‘रे’ का आवाजहरु !

गौरी प्रधान
थरी थरिका चोरहरू !

थरी थरिका चोरहरू !

गौरी प्रधान
सपथ

सपथ

गौरी प्रधान
महादेव !

महादेव !

गौरी प्रधान
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x