साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खाल्डो भित्रका खाल्डाहरू !

Nepal Telecom ad

यहाँको height=
विशाल तलाउलाई
उहिले {{read_more}}
नचलाई दिएको भए
न यहाँ खाल्डो हुन्थ्यो
न खाल्डोभित्र 
अनेकन खाल्डाहरू नै हुन्थ्यो
बेकम्मा
मन्जुश्रीले, खै के सपना देखे
र आफ्ना तन्त्रविद्याले
चोभारको डाँडो काटे
तलाउको पानी बाहिर बगाए
कर्कट नागलाई
तौदहमा सारे
र विशाल खाल्डोमा
मान्छेको बस्ती बसाले,
उहिले
त्यसो नगरेको भए
न यहाँ महिषपालहरू
भैंसी पाल्न आउँथे
न यहाँ गोपालहरू
गाई चराउन आउँथे
बरु प्रेमिल जोडीहरू
नौका बिहार गर्न आउँथे 
जलपरीहरू गीत 
गाउन र नाच्न आउँथे 
वरिपरी डाँडाहरूमा
लालीगुराँस फुल्थे
खोलानाला बग्थे
झरझर झरना झर्थे,

इतिहास 
खोतल्दै जाँदा
यो खाल्डोमा
कहिले किरातहरू
भूमी पूजा गर्न आए
कहिले लिच्छविहरू 
देवलोक सिङ्गार्न आए
तर यो तलाउ 
सधैं तलाउ नै रहेको भए
न यहाँ मल्लहरू हुन्थ्यो
न उनीहरूले रचेका
मन्दिर र कला कौशल हुन्थ्यो
यहाँको सुन्दर नगरहरू
र लहलह फलेका
धानका बालाहरू 
नागार्जुनबाट नदेखेको भए
न बडामहाराजको
यहाँ नजर लाग्थ्यो
न उनको यहाँ
नौ तले दरबार नै हुन्थ्यो
न आदिकविको अल्कापुरी 
र कान्तिपुरी नै हुन्थ्यो
न यहाँ कोतपर्व हुन्थ्यो
न यहाँ भण्डार खाल नै हुन्थ्यो
तर के गर्नु
यही खाल्डोले १०४ बर्षको
निरंकुशता भोग्यो
यही खाल्डोले
प्रजातन्त्रको जग बसाल्यो
लोकतन्त्र र गणतन्त्र बोल्यो 
यही खाल्डोले 
जन आन्दोलनको त्राण देख्यो
यही खाल्डोले
जनयुद्धको प्राण पनि देख्यो
तर त्यसो नहुँदो हो त 
न यहाँ नारायणहिटी हुन्थ्यो
न नारायण हिटीभित्र
दरबार काण्ड नै हुन्थ्यो,

हो, उहिले त यहाँ
एउटै खाल्डो थियो
तर आजभोलि अनेकन 
खाल्डाहरू बनेका छन्
मनको खाल्डो, धनको खाल्डो
विद्याको खाल्डो, विचारको खाल्डो !
सडक बिचको
खाल्डो त के खाल्डो ?
त्यो त सायद पुरिएला
समयको अन्तरालमा 
तर यहाँ मान्छे बिचको
विभेदको खाल्डो
बर्ग बर्ग बिचको 
विषमताको खाल्डो 
अनि गगनचुम्बी
र भूँईचुम्बीहरू बिचको 
भावनाको खाल्डो 
खै कहिले पुरिएला र ?

बरु, यो तलाउ
तलाउ नै रहेको भए
न यहाँ सिंह दरबार हुन्थ्यो
न गाउँ गाउँमा
सिंहदरबार भन्ने नारा नै हुन्थ्यो
न यहाँ न्यायको लागि
अनशन हुन्थ्यो
न यहाँ चाकडी
र भनसुन नै चल्थ्यो
अपशोच !
यो बिशाल खाल्डोभित्र
यहाँ अनेकन खाल्डाहरू बने
त्यो हिजो पुरे, 
आज फेरि खाल्डै बने
त्यसैलाई मैले
नेपाल खाल्डोको 
एक निरन्तर
कथा हो भनेर भने !

काठमाडौं
२०७५।४।२९

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चुनावको नशा !

चुनावको नशा !

गौरी प्रधान
‘रे’ का आवाजहरु !

‘रे’ का आवाजहरु !

गौरी प्रधान
थरी थरिका चोरहरू !

थरी थरिका चोरहरू !

गौरी प्रधान
सपथ

सपथ

गौरी प्रधान
धर्म र सत्ता !

धर्म र सत्ता !

गौरी प्रधान
महादेव !

महादेव !

गौरी प्रधान
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x