साइबर अपराध सम्बन्धी सचेतना सामग्री

महादेव !

Nepal Telecom ad

हुन त height=
सबै देवहरू विशेष छन्
थरि थरिका लीला गर्छन् {{read_more}}
तर
अती विशेष छन् 
महादेव !

यिनी 
सोझा छन्, सिधा छन्
बिष्णु जस्तो 
छल पनि गर्दैनन्
कृष्ण जस्तो 
खेल पनि रच्दैनन्
जे गर्छन्, खुलेर गर्छन्
जे भन्छन्, स्पष्ट भन्छन्
रामलाई जस्तो
मर्यादाको पिरलो पनि छैन
ईन्द्रलाई जस्तो
स्वर्गको आशक्ती पनि छैन
माया गर्दा मरेर गर्छन्
रिस उठ्दा आगो ओकल्छन्
यिनी लुकेर जाल बुन्दैनन्
यिनी झुकेर र्याल काट्दैनन् 
परिआएमा
बरु ताण्डब देखाउँछन्
न सत्ताको लिप्सा छ 
न आभुषणको ईच्छा छ 
स्वार्थको लागि
न भजन गर्छन्
न किर्तन गर्छन्
बरु सर्बहारा जस्तो
त्रिभुवन घुम्छन्
कैलाशमा बास बस्छन्
चिहानमा धुनी जगाउँछन्
शंख बजाई जग जगाउँछन्
डमरू बजाई सर्व सचेत गर्छन् 
न कसैलाई दुस्ख दिन्छन्
न कसैको दुख देख्न सक्छन्
एक त्रिशुल साथमा 
सत्यको निम्ती लडिरहन्छन्
असत्य विरुद्ध डटिरहन्छन्
त्यसैले 
धन्य छन् महादेव !
मान्य छन् महादेव !

बैशाख १०, २०७५    
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चुनावको नशा !

चुनावको नशा !

गौरी प्रधान
‘रे’ का आवाजहरु !

‘रे’ का आवाजहरु !

गौरी प्रधान
थरी थरिका चोरहरू !

थरी थरिका चोरहरू !

गौरी प्रधान
सपथ

सपथ

गौरी प्रधान
धर्म र सत्ता !

धर्म र सत्ता !

गौरी प्रधान
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x