साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भोको भुँडी !

Nepal Telecom ad

न जनताले कहिल्यै पहिल्याउन सकेको
न अख्तियारले खोतल्न सकेको
न अनुसन्धानले बोल्न सकेको {{read_more}}
न ग्यास्टिकले पोल्न सकेको
जनतालाई मारेको, कार्यकर्तालाई टारेको
उद्योग निलेको, कारखाना विलेको
दूईविसे चमारले सिलाएको
कालोधन बिलाएको
हैन यो हन्तकाली भुँडी
जत्ति खाएनी किन नअघाएको ?

कमिसन हसुरेको 
डलर असुलेको
छाला कारखाना निलेको
धागो कारखाना पिनेको
टाएर उद्योग गुडाएको
लाउडा विमान उडाएको
एन् जि ओ ले हुर्काएको
छाला उद्योग लगाएको
युवा भगाएको
उत्तरले फुर्काएको,
दक्षीणले सुर्काएको
महाकालीले तुर्काएको
बम पचाएको
जनता डसाएको
कर्णालीले सुताएको
कोशीले मुताएको,
पेडा पचाउने
आलु हगाउने
अदुवा खाने
मूला गन्हाउँने
पुलाउ दन्काउँने
ढिँडो पन्छाउँने
श्रीमतीलाई भगाएको 
तरुनीलाई चटाएको
पत्थर पचाएको
चोक्टा भुत्ल्याएको
हड्डी छुट्याएको
आगो निलेको 
अंगार हगेको
आफू अघाएको
जनता फकाएको
जे गरे नि नलजाएको
हैन यो घ्याम्पे भुँडी !
जति हसुरे नि किन नअघाएको ?
झिमरुक गाउँपालिका, प्यूठान
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लुतो कविता

लुतो कविता

खेमराज खनाल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x