साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मन्त्री जी जनताकै काममा हुनुहुन्छ !

Nepal Telecom ad

देश परिवर्तन गज्जबले भाको छ  height=
विद्वान् युवाहरू अरब र खाडीमा छन्
मन्त्री र नेताका श्रीमतीहरू रेशमी बुट्टेदार सारीमा छन् {{read_more}}
कसलाई चाहियो र रोजगारी यत्रो लाममा हुनुहुन्छ ?
हल्ला नगर्नुस् न मन्त्रीजी जनताकै काममा हुनुहुन्छ ।

अहिले भेट्न पाइन्न हजुर 
मन्त्रीजी अति व्यस्त हुनुहुन्छ
साला, साली, भाइ, भतिजा र चेला चपेटाको 
जागिर र काम मिलाउँदै युवतीको यौवनमा मस्त हुनुहुन्छ,
जनतालाई त चुनावमा मात्र चिन्नुहुन्छ
किन विकास चाहियो र यत्रो लाममा हुनुहुन्छ ?
हल्ला नगर्नुस् न मन्त्रीजी जनताकै काममा हुनुहुन्छ ।

मन्त्रीलाई भेट्नुनै छ भने अहिले
मन्त्राणीलाई एक डोका भेटी चढाउनुहोस्
पिउनलाई खाइलाग्दो बोका चढाउनुहोस्
बिकास त आफ्ना आसेपासेको भइसक्यो त !
के को विकास चाहियो र तपाईंहरू यत्रो लाममा हुनुहुन्छ ?
हल्ला नगर्नुस् न मन्त्रीजी जनताकै काममा हुनुहुन्छ ।

बिकासकै लागि भनेर मन्त्रीजी
कहिले सिंहदरवार त कहिले विदेश सयर गर्नुहुन्छ 
त कहिले
आलिसान होटलमा डिनर गर्नुहुन्छ
सँधै देश बेच्न तल्लिन हुनुहुन्छ
विदेशी धनलाई के गर्ने भनी
टल्कने खोपडीलाई तिखार्न खप्पिस हुनुहुन्छ
शहिदका सपनालाई निमिट्यान्न पार्न गम्भीर हुनुहुन्छ 
निर्दोष पेटलाई दुःख दिँदै
टन्टालापुर घाममा विकासका नारा बोकेर किन यत्रो लाममा हुनुहुन्छ ?
हल्ला नगर्नुस् न मन्त्रीजी जनताकै काममा हुनुहुन्छ ।

जनताको नाममा सफत खानुभएकै छ
तिनपुस्ते नातेदारलाई विदेश लानुभएकै छ
लम्पसार पर्दै विदेशी शक्तिकेन्द्रमा जानुभएकै छ
प्रजातन्त्र र गणतन्त्रलाई भित्रैभित्रै मास्नुभएकै छ
गाडी, घर बङ्गला र धन, सम्पति गाँस्नु भएकै छ,
बिकास त आफ्नो पो गर्ने हो त !
केको परिवर्तनको मागमा यत्रो लाममा हुनुहुन्छ ? 
हल्ला नगर्नुस् न मन्त्रीजी जनताकै काममा हुनुहुन्छ ।

झिमरुक गाउँपालिका ४, प्यूठान
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लुतो कविता

लुतो कविता

खेमराज खनाल
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x