साइबर अपराध सम्बन्धी सचेतना सामग्री

थप अनुसन्धान भइरहेको छ 

Nepal Telecom ad

पहिले पहिले  height=
हजूरआमाको सुन
आधा तोला {{read_more}}
आमाको सुन 
चार तोला

अहिले 
हजारौंको रगत 
लाखौंको पसीनाले 
सिंचेर ल्याएको 
अर्थात 
झ्याम्म चिट्ठा परेर 
आएको यो गणतन्त्रमा

जसरी मनको कुरा बुझ्न गारो छ
बैंकको खाता हेरेर नगद कस्को भन्न गारो छ 
लालपुर्जा हेरेर घर धनी को हो भन्नै सकिन्न
कुरो सुनेर बुझ्न गारो छ
तिम्रो थैलीको पैसा गन्न जस्तो 
सजिलो छैन 
धनको कहाँ मन हुन्छ 
मनले कसरी धन बुन्छ 
भन्न गारो छ

ए आमै !
तोलाका दिन गए 
सुन नाप्ने नयां नापी आको छ 
एक हजार ग्रामको एक किलो ग्राम 
एक हजार किलो ग्राम को एक टन 
यस्ता टनका टन ओसार्छन डन 
केरकार त गर्छु 
को संग मिलेर ल्याउंछस ( लौ अहिल्यै भन !
उ बोल्दै बोल्दैन
बोल्छ आफ्नै मोबाइल फोन

भनेर साध्यै छैन 
बोलेर बोल्नै सक्दिन 
सकेसम्म जागीर जोगाउने हो 
नसके पछि कमसेकम 
ज्यान त जोगाउने नै हो

अनि भन्दिन्छु
आमा !

थप अनुसन्धान भइरहेको छ ।

काठमाडौं
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सवारी

सवारी

स्नेह सायमि
सुरक्षा

सुरक्षा

स्नेह सायमि
रहरहरू

रहरहरू

स्नेह सायमि
कफी !

कफी !

स्नेह सायमि
कालो सूची

कालो सूची

स्नेह सायमि
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x