साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कफी !

जसरी आएन औषधि पसलमा सिटामोल जसरी आएन फर्केर भोट दिएको सांसद जसरी संविधान ओर्लेन आम मान्छेको जीवनमा त्यसरी नै मेरो कफी आउँदै आएन !

Nepal Telecom ad

कफी अर्डर गरेको
आधा घण्टा भयो !
सोधें किन आएन कफी ?
जवाफ आयो-
आउँदैछ
एक घण्टा बित्यो
फेरि सोधेँ
जवाफ आयो-
आउँदैछ
आउँदैछ
दुइ घण्टापछि
कुरीरहें
एक कप कफी
त्यसबेला पनि आएन
कफी
आउँदै आएन
पछि आयो
कफी होइन
नखाएको कफीको
बिल आयो !
जसरी मेलम्चीको पानी
आएन काठमाडौंमा
जसरी देशी मल आएन
किसानको खेतमा
जसरी आएन
हेल्थपोष्टमा डाक्टर
जसरी आएन
औषधि पसलमा सिटामोल
जसरी आएन फर्केर
भोट दिएको सांसद
जसरी संविधान ओर्लेन
आम मान्छेको जीवनमा
त्यसरी नै
मेरो कफी आउँदै आएन !

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सवारी

सवारी

स्नेह सायमि
सुरक्षा

सुरक्षा

स्नेह सायमि
रहरहरू

रहरहरू

स्नेह सायमि
कालो सूची

कालो सूची

स्नेह सायमि
मुसाहरू

मुसाहरू

स्नेह सायमि
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x