साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुरक्षा

असुरक्षाको कहिल्यै महसूस गर्न नपरेको चोरी डकैतीको सम्भावनानै नभएको हाम्रो गाउँमा गिद्ध पहरा दिइरहेको छ र श्यालले गरिरहेको छ रखवारी ।

Nepal Telecom ad

स्नेह सायमि :

एक दिन
हाम्रो गाउँमा
एउटा अजंगको गिद्ध आइपुग्यो

भन्यो—
म शाकाहारी गिद्ध हुँ
म तपाईंहरूका काखे बालकहरू ठुँग्ने छैन
म तपाईंहरूका चल्लाहरू च्यापेर उड्ने छैन
गाउँले हो ! गिद्ध देखेर डराउनु पर्दैन
यो गाउँमा गिद्धहरूको तर्फबाट
गाउँकै सुरक्षाको लागि आएको हुँ
अर्को दिन
हाम्रो गाउँमा
एउटा मोटो श्याल आइपुग्यो

भन्यो—
म जोगी हुँ र धर्मात्मा श्याल हुँ
म तपाईंहरूका कुखुरा चोर्ने छैन
म तपाईंहरूका बाख्रा मार्ने छैन
म तपाईंहरूको मन दुखाउने छैन
म श्यालहरूको तर्फबाट
तपाईंहरूको गाउँमा
सुरक्षाको निम्ति खटिएको हुँ
तपाईंहरूले अब सुरक्षाको चिन्ता गर्नु पर्दैन
अहिले यी दुई सुरक्षाकर्मीहरू
हाम्रा गाउँका आँगनहरूमा चहारिरहेछन्
हाम्रा कुखुरा, पाठा, चल्लाहरूको लगत राखिरहेछन्
गाउँलेहरूको सन्चो बिसन्चो सोधिरहेछन्
गाउँलेहरू मध्ये कोही सुरक्षा बिरोधी छन् कि भनेर
खोजिनीति गरिहेछन्
असुरक्षाको कहिल्यै महसूस गर्न नपरेको
चोरी डकैतीको सम्भावनानै नभएको
हाम्रो गाउँमा
गिद्ध पहरा दिइरहेको छ
र श्यालले गरिरहेको छ रखवारी ।

०००
‘पुल र पर्खालहरू’ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सवारी

सवारी

स्नेह सायमि
रहरहरू

रहरहरू

स्नेह सायमि
कफी !

कफी !

स्नेह सायमि
कालो सूची

कालो सूची

स्नेह सायमि
मुसाहरू

मुसाहरू

स्नेह सायमि
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x