साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कालो सूची

क्रान्तिका नाममा के भन्थें र के गर्थें के देखाउँथें के लुकाउँथें भेटेकै क्षण सबै सबै बताउँछ मलाई भेटै नगराउनु मेरो छेउछाउ पर्नै नदिनु म उसलाई चिन्छु ।

Nepal Telecom ad

म उसलाई चिन्छु
उसले पनि मलाई चिन्छ
त्यसैले ऊ कालो सूचीमा छ ।

उसले मेरो पुरानो घर देखेको छ
मेरो आँगन टेकेको छ
जुत्ता नपाएर फुटेको गोडाबाट निस्केको रगत
पिंडालु उसिनेर भतेर लगाएको भान्सा
सबै बिगत बुझेको छ
अहिले शहरमा कतै
खोजेर आउला पुरानो नाम लिएर
हाम्रो नयाँ निवास
उसलाई बाटैमा रोक्नु
ऊ कालो सूचीमा छ ।

म उसलाई चिन्छु
उसले पनि मलाई चिन्छ
त्यसैले ऊ कालो सूचीमा छ ।

उ बेलाको उपद्रो उसलाई कण्ठाग्र छ
क्रान्तिका नाममा
के भन्थें र के गर्थें
के देखाउँथें के लुकाउँथें
भेटेकै क्षण सबै सबै बताउँछ
मलाई भेटै नगराउनु
मेरो छेउछाउ पर्नै नदिनु
म उसलाई चिन्छु
उसले पनि मलाई चिन्छ
त्यसैले
ऊ कालो सूचीमा छ
ऊ मेरो कालो सूचीमा छ ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सवारी

सवारी

स्नेह सायमि
सुरक्षा

सुरक्षा

स्नेह सायमि
रहरहरू

रहरहरू

स्नेह सायमि
कफी !

कफी !

स्नेह सायमि
मुसाहरू

मुसाहरू

स्नेह सायमि
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x