सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कालो सूची

क्रान्तिका नाममा के भन्थें र के गर्थें के देखाउँथें के लुकाउँथें भेटेकै क्षण सबै सबै बताउँछ मलाई भेटै नगराउनु मेरो छेउछाउ पर्नै नदिनु म उसलाई चिन्छु ।

Nepal Telecom ad

म उसलाई चिन्छु
उसले पनि मलाई चिन्छ
त्यसैले ऊ कालो सूचीमा छ ।

उसले मेरो पुरानो घर देखेको छ
मेरो आँगन टेकेको छ
जुत्ता नपाएर फुटेको गोडाबाट निस्केको रगत
पिंडालु उसिनेर भतेर लगाएको भान्सा
सबै बिगत बुझेको छ
अहिले शहरमा कतै
खोजेर आउला पुरानो नाम लिएर
हाम्रो नयाँ निवास
उसलाई बाटैमा रोक्नु
ऊ कालो सूचीमा छ ।

म उसलाई चिन्छु
उसले पनि मलाई चिन्छ
त्यसैले ऊ कालो सूचीमा छ ।

उ बेलाको उपद्रो उसलाई कण्ठाग्र छ
क्रान्तिका नाममा
के भन्थें र के गर्थें
के देखाउँथें के लुकाउँथें
भेटेकै क्षण सबै सबै बताउँछ
मलाई भेटै नगराउनु
मेरो छेउछाउ पर्नै नदिनु
म उसलाई चिन्छु
उसले पनि मलाई चिन्छ
त्यसैले
ऊ कालो सूचीमा छ
ऊ मेरो कालो सूचीमा छ ।

काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
सुरक्षा

सुरक्षा

स्नेह सायमि
रहरहरू

रहरहरू

स्नेह सायमि
कफी !

कफी !

स्नेह सायमि
मुसाहरू

मुसाहरू

स्नेह सायमि
नागरिक अधिकार

नागरिक अधिकार

स्नेह सायमि
राष्ट्रिय इमान-बे-इमान !

राष्ट्रिय इमान-बे-इमान !

गायत्री परिरोशनी
डुबोस् देश के भो म सत्ता नछाडूँ ।

डुबोस् देश के भो...

घनश्याम रेग्मी
म्याऊँम्याऊँ

म्याऊँम्याऊँ

टङ्कराज ढकाल ‘तितेपाती’
जिन्दगी

जिन्दगी

खगेन्द्र नेउपाने
आगो र पानी

आगो र पानी

देव भट्टराई (२)