साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रहरहरू

कुनै पुरानो मोडेलको कम्प्युटर कुनै कबाडीले लानेछ अन्दाज गर्नेछ हार्डवेयरको न्यूनतम मूल्य अमूल्य (?) भित्री फाइलसँग के मतलब उसलाई ? उसको धर्म अनुसार बेचिदिनेछ !

Nepal Telecom ad

रहरहरू पूरा गर्नुको साटो प्याकिंग गरेर
मन भरी स्टोर गरेको त धेरै भइसक्यो
अब त स्टोर गर्ने ठाउँ छैन है भनेर
जनाउ दिइरहेछ हार्डडिस्क
र त एकातिर पुराना रहरहरू डिलिट गरीरहेको छुं
नयाँ रहरहरू उम्रनै नसक्ने बाँझो बनाएको छुं
तिम्रो खुशी
तिम्रो समृद्धि
तिम्रो मुस्कान
यी पनि मेरा डेस्कटपका
अग्रपंक्तीका रहरहरू छन
तिमीले सुन्नै चाहेनौ मेरो अन्तरमन
बुझनै चाहेनौ मेरो अग्र रहर
मेरो रहर र तिम्रो खुशीको वीच
काल्पनिक खाल्डो
कसले खनिरह्यो थाहा छैन
मेरा रहरहरू पुर्ने कसको इच्छा हो
त्यो पनि थाहा छैन
मैले डिलिट गर्न सकिनँ
यी रहरहरू
कुनै दिन मेरो हृदयको पासवर्ड खोल्न चाह्यौ भने
कुनै दिन मेरो रहरहरूको फाइल खोलेछौ भने
थाहा हुनेछ मेरा रहरहरू के थिए
होइन भने
कुनै पुरानो मोडेलको कम्प्युटर
कुनै कबाडीले लानेछ
अन्दाज गर्नेछ हार्डवेयरको न्यूनतम मूल्य
अमूल्य (?) भित्री फाइलसँग के मतलब उसलाई ?
उसको धर्म अनुसार
बेचिदिनेछ !

०००
रातोघर, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सवारी

सवारी

स्नेह सायमि
सुरक्षा

सुरक्षा

स्नेह सायमि
कफी !

कफी !

स्नेह सायमि
कालो सूची

कालो सूची

स्नेह सायमि
मुसाहरू

मुसाहरू

स्नेह सायमि
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x