साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आज कुकुरले टोक्यो

आफ्नो मूल ढोकाबाट निस्कन नपाई सँधै देखिरहेको पुच्छर हल्लाइ रहेको टोलकै सुरक्षामा खटिरहेको जस्तो लाग्ने कुकुरले मलाई टोक्यो ।

Nepal Telecom ad

आज आफ्नै मूल ढोका छेउ
पछाडीबाट आएर कुकुरले टोक्यो

त्यो कुकुर बहुलाएको हो की सद्दे हो
वा टोक्दै हिंड्ने बानी लागेको हो
थाहा पाइएन
जे भए पनि आज उसले टोक्यो

अरु बेला पुच्छर हल्लाइ रहन्थ्यो
केही दिन्छ कि भनेर टाउको उठाइ रहन्थ्यो
कहिले दिन्थें केही, कहिले दिन्नथें
तैपनि वरिपरी घुमिरहन्थ्यो
एक जना छिमेकी छन्
हरेक दिन कुकुरहरूलाई खान दिन्छन्
तिनै छिमेकको आदेश पालना गरेको हो
वा आफ्नै विवेकले टोकेको हो
आफैले चिनेको
बेलाबखत मीठो मसिनो खुवाएर हुर्काएको
त्यही कुकुरले आज मलाई टोक्यो

म कुदेको बेला टोकेको भए
एउटा निहुँ हुन्थ्यो
कुनै अनौठो पहिरनमा निस्कंदा टोकेको भए
अर्को निहुँ हुन्थ्यो
आफ्नो मूल ढोकाबाट निस्कन नपाई
सँधै देखिरहेको
पुच्छर हल्लाइ रहेको
टोलकै सुरक्षामा खटिरहेको जस्तो लाग्ने
कुकुरले मलाई टोक्यो ।

०००
रातो घर, काठमाडौंं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सवारी

सवारी

स्नेह सायमि
सुरक्षा

सुरक्षा

स्नेह सायमि
रहरहरू

रहरहरू

स्नेह सायमि
कफी !

कफी !

स्नेह सायमि
कालो सूची

कालो सूची

स्नेह सायमि
मुसाहरू

मुसाहरू

स्नेह सायमि
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x