सुलसुलेचन्द्रागिरि साहित्य प्रतिष्ठानको १४९ औँ काव्य श्रृङ्खला नयाँ वर्ष विशेष
प्रतिष्ठानको १४९ औँ काव्य श्रृङ्खला नयाँ वर्ष विशेष शुभकामना आदान प्रदान नेपाल भारत साहित्य प्रवर्द्धन काव्य गोष्ठीको रुपमा भव्यताका साथ सम्पन्न भयो ।

काठमाडौं, २०७९ चैत्र २९ । चन्द्रागिरि साहित्य प्रतिष्ठानको १४९ औँ काव्य श्रृङ्खला नयाँ वर्ष विशेष शुभकामना आदान प्रदान नेपाल भारत साहित्य प्रवर्द्धन काव्य गोष्ठीको रुपमा भव्यताका साथ सम्पन्न भयो ।
खोरिया प्रवर्तक, चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको सभापतित्वमा एबं वरिष्ठ साहित्यकार डा.बमबहादुर थापा जितालीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा जितालीले आज नेपाल, भारत, अमेरिका, इजरायलका कविहरूको बीचमा सहभागी हुन पाउँदा खुशी लागेको छ भन्दै चन्द्रागिरिको १४९ श्रृङ्खलासम्म पुग्नु सानो मिहनतले पुग्दैन, विशेष गरि जनार्दन धड्कनले साहित्य सेवामा निरन्तर गर्नु भएको योगदान अझै महत्वपूणर् छ भन्नु भयो ।
विशिष्ठ अतिथि गंगा लिगलले चन्द्रागिरिको कार्यक्रममा कुनै न कुनै विशेष दिन परेकै हुन्छ । विधागत कार्यक्रमले स्रष्टालाई सबै विधामा कलम चलाउन मद्दत पुग्छ भन्नु हुँदै यो सस्थाले एक हप्ता पनि नछोडेर अवछिन्न निरन्तर अगाडि बढेर १४९ श्रृङ्लासम्म पुगेको छ अझ प्रगतिको कामना गर्दछु भन्नु भयो ।
सो अबसरमा हरिप्रसाद घिमिरे, सुनीता राई कन्दन्वा (इजरायल), हरिश रवि (उत्तराखण्ड भारत) ले पनि शुभकामना मन्तव्य दिनु हुँदै रचना सुनाउनु भयो ।
चुडा निर्भिकको कुशल उद्घघोषणमा भएको काव्य गोष्ठीमा अन्य उपस्थित आमन्त्रित अतिथि साहित्यकारहरू क्रमश उर्मिला पन्त, दुर्गा रिमाल, सीता पाण्डे, पुनम कत्रियार(भारत), लक्ष्मीप्रसाद मिश्र, सन्जना भावुक, अनुराधा थापा, घनश्याम पौडेल, हरिप्रसाद घिमिरे, बिनुबाबा घिमिरे, अस्मीन स्वणर्िम कुजुर (झारखण्ड, भारत), चन्द्रावती अधिकारी, भवानी घिमिरे, तारा घिमिरे, लगायत २४ जना सर्जकहरूले आ-आफ्ना विशेष रचना सुनाउनु भयो ।
अन्तमा सभापति जनार्दन अधिकारी धड्कनले खोरियाको प्रवर्तकको हैसियतले खोरिया लेखनको सैद्धान्तिक अवधारणा राख्दै खोरिया लोक छन्द हो यसलाई जुन सुकै भाकामा संगित भरेर गाउन सकिने छ भन्नु भयो । यहाँ उपस्थित धेरैले खोरिया लेखन अभ्यास गरिरहनु भएको छ भन्नुहुँदै अमूल्य समय दिएर नेपालको विभिन्न प्रदेश, भारत, इजरायल, अमेरिका दोखि जोडिनु भएको छ र नयाँ स्रष्टाहरू पनि हरेक श्रङ्खलामा पाउनु खुशीको कुरा हो भन्नुहुँदै प्रमुख अतिथि ,विशिष्ठ अतिथिहरू लगायत उपस्थित सम्पूणर् अतिथि आमन्त्रित साहित्यकारमा धन्यवाद ज्ञापन गर्नु भयो र आफ्नो कविता सुनाएर कार्यक्रम समापनको घोषणा गर्नु भयो ।
०००
– धड्कन
Subscribe
Login
0 Comments
Oldest












































