साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रा.उपाध्याय ‘प्रेक्षित’को निबन्ध ‘समय र जीवन’ विमोचित

लोकार्पित पुस्तकबारे बोल्दै नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गंगाप्रसाद उप्रेतीले यस कृतिले उपाध्यायलाई नयाँ पहिचान दिएको बताउनुभयो ।

Nepal Telecom ad

काठमाडौं, ०७९ चैत २९ । साहित्यकार तथा दर्शनशास्त्री प्रा. जगत उपाध्याय ‘प्रेक्षित’ को निबन्धसंग्रह ‘समय र जीवन’ विमोचित भएको छ । मंगलबार पुतलीसडकस्थित पद्मोदय माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रम समारोहबीच संग्रह विमोचित भएको हो ।

मध्यपश्चिमान्चल साहित्य परिषद, काठमाडौंको आयोजनामा सम्पन्न लोकार्पण तथा विमर्श कार्यक्रमलाई कार्यक्रमका प्रमुख व्यक्तित्वहरू नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्व कुलपति, वरिष्ठ कवि तथा मुन्धुमविद् वैरागी काइँला, नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्व कुलपति तथा भाषाविद् गङ्गाप्रसाद उप्रेती, नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति, वरिष्ठ दर्शनशास्त्री तथा साहित्यकार प्रा. शिवहरि मरहट्टा र नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्व उपकुलपति तथा वरिष्ठ संस्कृतिविद् डा. जगमान गुरुङज्यूले समुद्घाटन र कृतिको लोकार्पण गर्नुभएको थियो ।

लोकार्पित पुस्तकबारे बोल्दै नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गंगाप्रसाद उप्रेतीले ‘यस कृतिले उपाध्यायलाई नयाँ पहिचान दिएको बताउनुभयो ।’ उहाँ नेपाली वर्तमान साहित्यको सशक्त समालोचना गर्ने व्यक्तित्वको रुपमा चिनिदै आउनुभएको बताउँदै यस कृतिमार्फत उहाँले निबन्धकारको पहिचान प्राप्त गर्नुभएको टिप्पणी गर्नुभयो ।

उप्रेतीले उपाध्यायमा असल निबन्धकारको सीप भएको बताउनु हुँदै भन्नुभयो, ‘व्यक्तिले आफ्नो क्षमता, बुद्धिले भ्याए अनुसारको पहिचान खोज्छ, हामी पनि त्यो क्यानभासमा छौं । त्यो क्यानभासमा रहेर उहाँले लेख्नुभएको छ । उहाँको सकारात्मक सोच र लेखन विशेषतालाई हेर्दा उहाँमा असल निबन्धकारको सीप छ ।’

यसैगरी पुस्तकबारे बोल्दै पूर्व कुलपति तथा वरिष्ठ कवि बैरागी काइँलाले उपाध्यायाद्वारा लिखित निबन्धसंग्रहमा समाज लेखिएको बताउनुभयो । ‘मेरो विचारमा समाजमा मनपर्ने र नपर्ने धेरै कुराहरू हुन्छन् । त्यसलाई उहाँले एउटा लेखकको रुपमा व्यक्त गर्नुभएको छ । अहिले समाजमा चाहिएको सद्भाव हो । त्यो जगतजीको निबन्धमा छन्,’ काइँलाले भन्नुभयो ।

उपाध्यायले आफ्नो ५५ औं जन्मोत्सवको अवसरमा कृति सार्वजनिक गर्नुभएको हो ।

भाषा आयोगका सदस्य उषा हमालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा समालोचकद्वय सहप्राध्यापक डा. नारायण चालिसे र उपप्राध्यापक डा. बिन्दु शर्माले लोकार्पित कृतिमाथि समीक्षा गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल प्रज्ञा-प्रतिष्ठानको प्राज्ञ परिषद्का पूर्व पदाधिकारी, वर्तमान पदाधिकारी तथा मध्यपश्चिमाञ्चल साहित्य परिषद्का पूर्व अध्यक्ष डा. मधुसूदन गिरी, भाषा आयोगका सदस्यहरू, विभिन्न सङ्घसंस्थाका प्रमुखहरू, पूर्व प्रमुखहरू, लेखक/साहित्यकारहरू, कानून, शिक्षा तथा प्रशासन क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x