साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ वर्ष २०८० को शुभ मुहुर्त

आखिर यसरी पनि त कार्टुनमा आउन सकिंदो रहेछ, किन गर्नु बखान, किन भन्नु उखान ? किन माड्नु सुर्ति किन लगाउनु फुर्ति ?

Nepal Telecom ad

उसो त प्रत्येक वर्षको बैशाख १ गते देखि नयाँ वर्ष सुरु हुन्छ नै, तर यसपालीको नयाँ वर्ष मेरो लागि खासको बनेर झुल्किने निश्चित बनेर आएको हुँुदा यो मेरो शुभ मुहुर्त बन्न पुगेको हो ।

मैले मेरो जीवनको ५९ वर्ष पार गर्न केही महिना र केही दिन मात्रै बाँकी रहेको बेला नयाँ सालसँगै मेरो नयाँ रुप देख्न पाउने भएको छु । मेरो नयाँ रुप कुनै केमराबाट खिचिएको तस्वीर वा छापाखानाको मेसिनले थिचिएको चित्र नभई क्यान्भासमा राखेर कुचीबाट म भएको आभाष हुने गरी सर्जक श्री राजेश मानन्धर (राजमान) बाट तयार पारिएको कार्टुन चित्र हो । जुन मेरो स्वयमको पहिलो कार्टुन चित्र हो र यसको शुभ मुहुर्त नयाँ वर्ष २०८० सँगै निस्किएको छ । कार्टुनको लागि राजेश मानन्धर ज्यूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु ।

बिगत वर्षहरूमा राजमान ज्यूबाट श्रृजित धेरैका अनेकन कार्टुनहरू हेरियो, देखियो । ती कार्टुनहरूमा अनेकन टिकाटिप्पणी (कमेन्ट) पनि गरियो । अब भने मेरो आफ्नै कार्टुन उपरका टिकाटिप्पणीहरू पढ्न पाउने अवसर जुट्ने भयो । यसमा गरिने टिकाटिप्पणीले म लगायत सर्जक स्वयमलाई पनि प्रशस्तै फिडब्याक मिल्ने नै छ भन्ने आशा मैले लिएको छु ।

कोही राम्रा काम गरेर नैतिक कार्टुन बन्न पुगे । कोही अनैतिक काम गरेर कार्टुन बन्न पुगे । कोही बखानको त कोही उखानको, कोही करोडको त कोही अरबको, कोही जीतको त कोही हारको, कोही कारको त कोही बेकारको, कोही उतारका त कोही चडावका अनेकन कार्टुन हेरियो । तर मलाई मेरो कार्टुन असाध्यै मन पर्‍यो । आखिर यसरी पनि त कार्टुनमा आउन सकिंदो रहेछ, किन गर्नु बखान, किन भन्नु उखान ? किन माड्नु सुर्ति किन लगाउनु फुर्ति ?

उपर्युक्त कारणले नयाँ वर्ष २०८० मेरो लागि खास बनेर झुल्केको छ । यस उपलक्षमा सर्वप्रथम फित्कौली डट कमलाई नयाँ वर्ष २०८० को मंगलमय शुभकामना भन्न चाहन्छु साथै फित्कौली मार्फत नेपाली हास्यव्यङ्ग्य साहित्यका विभिन्न स्रष्टा, मेरा अग्रजहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु । नयाँ वर्षसँगै मेरो नयाँ रुप तयार गर्नुहुने कार्टुनिष्ट महोदय राजेश मानन्धर (राजमना) लाई त झन धेरै शुभकामना छ । हामी सबैको जय होस् ।
नया वर्ष २०८० को मङ्गलमय शुभकामना ।

०००
गल्कोपाखा, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
काँध धेरै थाकिसक्यो

काँध धेरै थाकिसक्यो

अशोककुमार शिवा
फल थाम्न नसक्ने फेद के काम ?

फल थाम्न नसक्ने फेद...

अशोककुमार शिवा
बुढ्यौलीको ढोका

बुढ्यौलीको ढोका

अशोककुमार शिवा
बठ्याईं

बठ्याईं

अशोककुमार शिवा
आम्दानी महात्म्य

आम्दानी महात्म्य

डा. सुमनराज ताम्राकार
पिउन साप

पिउन साप

डा. खगेन्द्र लुइटेल
अनलाइन ठगहरू

अनलाइन ठगहरू

प्रा. कपिल अज्ञात
तालुखुइले

तालुखुइले

माणिकरत्न शाक्य
आमाको अदालत

आमाको अदालत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x