स्नेह सायमिसवारी
'कतैबाट प्रस्ताव आउँछ कि हेरौं । नभए पिएसापलाई सामान हुने रेष्टुराँको उद्घाटन मिलाउनु पर्याे हजूर । अनि हात, जिब्रो, घाँटी चिलाउने समस्या त्यहीं समाधान हुन्छ ।'

स्नेह सायमि :
‘आज बिहानैदेखि हात चिलाइरहेको छ आफ्नो त ।’
‘दाहिने कि देब्रे माननीयज्यू ?’
‘सबै काम दाहिने हातले गर्छ। केको देब्रे हात चिलाउनु ?’
‘काम गर्ने र नगर्ने र हात चिलाउने र नचिलाउने कुरोसँग केही सम्बन्ध छैन माननीयज्यू । काम नगरेको हात पनि त चिलाउन सक्छ नि। अनि चिलाउन त जहाँ पनि चिलाउन सक्छ औंलामा, कुहिनोमा पाखुरामा । हात भनेर हुन्छ र ?’
‘औंला चिलाइ रहेछ दाहिने हातको ।’
‘ए औंलासँगसँगै हत्केला पनि चिलाको होला माननीयज्यू ।’
‘हैन कसरी थाहा भो तिम्लाई ?’
‘मलाई थाहा नभए कल्लाई थाहा हुन्छ त माननीयज्यू । मत १२ वर्षदेखि मन्त्रीको सवारी चलाइरहेको ड्राइभर हजूर । माननीयज्यूहरूलाई कतिखेर के चिलाउँछ पनि अन्दाज गर्न सक्छु म त ।’
‘धेरै कुरा नगर । मलाई हात चैं किन चिलायो होला त ।’
‘कतैबाट कि शुभलाभ कि उद्घाटनको प्रस्ताव आउने सङ्केत हो हजूर ।’
‘अनि ?’
‘बेलैमा हात चिलाएको निको भएन भने पूरै जिउ चिलाउँछ नि फेरि माननीयज्यू ।
‘के गर्ने त ?’
‘कतैबाट प्रस्ताव आउँछ कि हेरौं । नभए पिएसापलाई सामान हुने रेष्टुराँको उद्घाटन मिलाउनु पर्याे हजूर । अनि हात, जिब्रो, घाँटी चिलाउने समस्या त्यहीं समाधान हुन्छ ।’
ठीक भन्यौ तिमीले । गाडी भन्दा पनि मन्त्री सांसद नै हाँकेर आको जस्तो छ वा । ‘म गरीबले के हाँक्नु हजूर । मैले त आखिर हजुरहरूको सवारी चलाउने न हो। सबै माननीयको सवारीको सूचना गोप्य राखेको छु हजूर ।’.
०००
काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































