साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अब तँ पनि नबास भाले !

भालेकाे बैगुनी उस्कै श्रृष्टि छ भालेमाथि सबैकाे अत्याचार छ फेरि भाले भइस् भनेर उसैमाथि प्रहार छ याे सबै लाचार सहेर बार कटेराे र अग्लाे डिलमामा गएर तन्नेरी आवाज निकालेर त्यसरी नबास भाले !

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

कुन्ता दिदी !
तपाईं भन्नुहुन्थ्याे नि
पाेथी बास्नु हुँदैन भनेर
यहाँ त मैले भालेलाई नि भनिदिएँ
अब नबास भाले !

बारीकाे बारमाथि चढेर
अलिक धेरै नै बढेर
घिच्राे लामाे तन्काएर
पखेटा भ्याट्भ्याट भ्याट पारेर
त्यसरी नबास भाले !
तँलाई त आगाे बालीसके
कराही बसालीसके
भुटुन हालीसके ।

गाउँ झर्ने नापीकाे कर्मचारी
पहिले भाले ठिक पार भन्छ
भरे साँझ मन्त्रीजी पाल्नुहुँदै छ
एउटा गतिलाे भाले मार भन्छ
भाले नखुवाई कामै बन्दैन
भाले नखुवाउनेलाई कसैले गन्दैन
छाेरा जन्मिए पनि भाले
छाेरी अन्मिए पनि भाले
ज्यू हजुर ! माल अलि कडै छ
सितनकाे रुपमा भाले
अब नचाहिंदाे तन्नेरी स्वर ननिकाल भाले !
तँलाई बनाउन सबै ठिक पारीसके
तँलाई हेरेर -याल झारीसके ।

अभावले अलल्लिएका चाडका चटाराहरु
तेरै माेल पर्खँदैछन्
कुुनामा थल्लिएका सुुत्केरी पाराहरु
तेरै झाेल पर्खँदैछन्
तैंले बासेकाे पाेथीहरुलाई पनि मनपरेकाे छैन
तँलाई मासेर कसैकाे केही टरेकाे पनि छैन
तर पनि
सबैको भालेमाथि नै बक्रदृष्टि छ
भालेकाे बैगुनी उस्कै श्रृष्टि छ
भालेमाथि सबैकाे अत्याचार छ
फेरि भाले भइस् भनेर उसैमाथि प्रहार छ
याे सबै लाचार सहेर
बार कटेराे र अग्लाे डिलमामा गएर
तन्नेरी आवाज निकालेर त्यसरी नबास भाले !
फेरि तेराे बुढ्याैली जिन्दगी खाेसिनेछ
भ्रष्टाचारी जिब्राेहरु पाेसिने छ ।

०००
गाैरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x