साइबर अपराध सम्बन्धी सचेतना सामग्री

असार विशेष मुक्तक वाचन कार्यक्रम

मुक्तक मञ्च काठमाडौं शाखाको आयोजनामा असार विशेष मुक्तक बाचन कार्यक्रम सम्पन्न भएको छ ।

Nepal Telecom ad

काठमाडौं, असार १९ गते । मुक्तक मञ्च काठमाडौं शाखाको आयोजनामा असार विशेष मुक्तक बाचन कार्यक्रम सम्पन्न भएको छ । मुक्तक मञ्च काठमाडौं शाखाका अध्यक्ष मुक्तककार राजेन्द्र घिमिरे सागरको सभापतित्वमा सम्पन्न मुक्तक बाचन कार्यक्रममा डा.शैलेन्दुप्रकाश नेपाल प्रमुख अतिथिको रूपमा रहनुभएको थियो ।

कार्यक्रममा कवि रत्नप्रसाद श्रेष्ठ अनामणि, कवि रेणु अधिकारी मौनता, कवि तारा के.सी., कवि भवानी मैया पन्त र कवि उत्तम विचार भेटुवालले विशेष वाचकको रूपमा प्रथम र द्वितीय चरणमा तीन तीनवटा र अन्तिम वा तेस्रो चरणमा एक एकवटा मुक्तक बाचन गर्नुभएको थियो । त्यसैगरी कार्यक्रमका सभापति राजेन्द्र घिमिरे सागर, प्रमुख अतिथि डा.शैलेन्दुप्रकाश नेपाल, विशिष्ट अतिथि डा.सत्यराज थपलिया, अन्य सहभागीहरू कवि टंकबहादुर बज्गाई खत्री, ज्ञान्दरी कैनी, सुशीला ढकाल अधिकारीले पनि प्रथम र द्वितीय चरणमा आआफ्ना मुक्तकहरू वाचन गर्नुभएको थियो ।

कार्यक्रममा आफ्नो समीक्षात्मक मन्तव्य राख्दै प्रमुख अतिथि डा.नेपालले विशेष गरी प्रेमिल हुनुपर्छ । व्यङ्ग्य प्रधान हुनुपर्छ, भन्नुहुँदै यी दुवै विषयका प्रस्तुतिहरू फरक फरक शैलीमा हुनुपर्दछ, भन्नुभयो । डा.नेपालले मुक्तक कविता लेखन र प्रस्तुतिमा खानाको अचार जस्तै हो, भन्ने बताउनुभयो ।

डा. दामोदर पुडासैनी किशोरले आफ्नो धारणा राख्दै मुक्तक चतुस्पदीय लेख्दा र भन्दा आनन्ददायी हुन्छन्, भन्दै तर त्यसैलाई मान्नुपर्छ भन्ने केही छैन, भन्नुभयो । डा. पुडासैनीले अरब तथा भारततिर चार हरफभन्दा बढी पनि लेख्नेगर्छन्, भन्ने बताउनुभयो । उहाँले मुक्तक आकाशको बिजुली हो, यो चमत्कारपूणर् हुनुपर्छ, भन्नुभयो । तर मुक्तकमा कसैलाई आक्षेप लगाउनु हुन्न भन्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रमको औचित्य र आवश्यकता माथि प्रकाश पार्दै सभापति राजेन्द्र घिमिरे सागरले काठमाडौं शाखाले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदैजाने बताउनुभयो ।

कवि उमेश पाण्डेले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रा.डा.गार्गी शर्माले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा भगीरथ काफ्ले र दीपेन्द्र भुजेलको विशेष उपस्थिति रहेको थियो ।

– उमेश पाण्डे

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x