नन्दलाल आचार्यसाथी
मैले मायालु बोली निकाल्दा भने उसले टाउको उठायो र प्रतिप्रश्नको झटारो मतिर फ्याँक्यो; “के तँ श्वासप्रश्वास गर्न र मुटु धडकाउन छाड्छस् ?”

“मेरो नजरमा तँ महान् छस् तर तँ मलाई नै मालिक ठान्छस् । किन यार ?” मेरो प्रश्न उसले सुन्यो । पुलुक्क हेर्यो । वास्तै नगरीकन खुरुखुरु काममा जोतियो ।
“खालि काम, काम । तेरो जन्म नै कामका लागि भएको हो कि क्या हो ?“ मैले फ्याकेको प्रश्नको अर्को झटारोले समेत उसलाई असर गरेन । म एक्लै फतफताइरहेँ । गुनासाको भारी बोकी रहेँ । ऊ भने आज्ञाकारी सेवकझैँ काममा जोतिइरह्यो ।
“म सुतेको बेला वा अवचेतनको महायात्रामा सरिक भएको बेला पनि तँ काममात्र गरिरहन्छस् कि ?” मैले मायालु बोली निकाल्दा भने उसले टाउको उठायो र प्रतिप्रश्नको झटारो मतिर फ्याँक्यो; “के तँ श्वासप्रश्वास गर्न र मुटु धडकाउन छाड्छस् ?”
म सोचमग्न भएँ । त्यसै बखत उसले स्पष्टीकरण दिँदै थप्यो; “तँ विचार र तर्कको भार बोकेको मेरो साथी होस् । तेरो चेतनाले अह्राएको कुरामा अन्धो भएर लागिपर्ने तेरो साथी हुँ । तँ आफ्नो चेतनालाई सकार बना । म तँलाई सृष्टिकै अलौकिक वैभवले सम्पन्न पारिदिन्छु ।“
२०७९/०२/१५ सिर्जनाकुटी, गोलबजार, सिरहा ।
Subscribe
Login
0 Comments
Oldest












































