साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो दैनिकी

त्यसैमा फुरुङ्ग पर्ने धोती खुस्केको चाल नपाउने आँगन भत्के भत्कोस् आफू फनफनी नाच्ने..... हो, हजुर मैले नढाँटी भनिराछु अचेल मेरो बानी यी र यस्तै दैनिकीसँग रमेको छ ।

Nepal Telecom ad

मलाई अचेल अचम्मको बानी लाछ !
भा-बनाको बिउ मासेर माला लाउने
आफ्नो काम गर्दा इज्जत जाने डर लाग्छ
आफ्नो खेतबारी बाँझै राखेर खेताला जाने
सकेसम्म जनताको काम हल हल गरेर टाल्ने
कमिसन कहाँबाट कति आउँछ हिसाब राख्ने
कुन बाटो हिँडे दुनो सोझिन्छ सोधखोज गर्ने
सोझा जनतालाई विदेश जान हौस्याएर जमिन बाँझो राख्ने
राजनीतिको खोल ओढेर लुटनीतिमा विश्वास गर्ने
कुनै पनि निणर्यमा स्वविवेक प्रयोग नगर्ने
जनहितमा जारी सन्देश नाउँ दिएर जालमा पार्ने
टाउका टाउका जोडेर खँड्कुलो बसाल्ने
मुकुन्डो लाएर बिचौलिया बजारमा पस्ने
लज्जावतीको वंश मासेर भागबिलो लाउने
विदेशी साँठगाँठमा स्वदेशी उत्पादन रोक्ने
उद्योग धन्दा चलाउने नचलाउने निधो पराइ खटनले गर्ने
देशको विगत वर्तमान भविष्य निमोठेर अचार पिस्ने
जति सकिन्छ पाहुना बोलाएर अचार अलिकति चाट्ने
त्यसैमा फुरुङ्ग पर्ने धोती खुस्केको चाल नपाउने
आँगन भत्के भत्कोस् आफू फनफनी नाच्ने…..
हो, हजुर मैले नढाँटी भनिराछु
अचेल मेरो बानी यी र यस्तै
दैनिकीसँग रमेको छ ।
लौ त हजुर अहिले घण्टी बज्यो
फेरि फेरि पनि गफियौंला नि है !

पर्वत, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिमी मेरो साथी

तिमी मेरो साथी

डा. छायादत्त न्यौपाने ‘बगर’
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बासी बेथाकाे उपचार

बासी बेथाकाे उपचार

डा. छायादत्त न्यौपाने ‘बगर’
बजाउँछ एकतारे

बजाउँछ एकतारे

डा. छायादत्त न्यौपाने ‘बगर’
साँढेजुधाइ

साँढेजुधाइ

डा. छायादत्त न्यौपाने ‘बगर’
खर्क

खर्क

डा. छायादत्त न्यौपाने ‘बगर’
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
बोको

बोको

डा. विप्लव ढकाल
0
Would love your thoughts, please comment.x
()
x