साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पावर अफ पर्स

यस्तैलाई भनिन्छ बहुमुखी प्रतिभाका धनी । यस्तै बहादुरको हुन्छ पावर अफ पर्स दरो, खरो, रसिलो, पोषिलो, पोटिलो र चोटिलो ।

Nepal Telecom ad

पावर अफ पर्सको जमानामा थोत्रा गाला बजाएर केही लछारपाटो लाग्दैन । समयले पावरको टावर नै पर्सलाई बनाएको छ । पर्स पोटिलो भयो भने हरेक कुरा सर्च हुन्छ नत्र निस्क्रिय । सकृय  जीवन जिउन पनि पावर अफ पर्सको जरुरत पर्छ । पर्स दरो, पोटिलो, चोटिलो, रसिलो, कसिलो, गहकिलो छ भने त्यसको तापले या सन्तापले सबै लल्याक लुलुक फत्याक फुतुक गलेर गिजोल्न लायक र आफू पायक हुन्छन् । त्यसैले दुनियाँको ध्येय उद्देश्य नै त्यही हुन्छ जुन पर्स दरो, खरो बनाउन खातिर मरिमेट्छन् । सुमार्ग, सुकर्म, सत्कर्मले पर्स मौलाएन, सप्रिएन भने कुमार्ग, कुकर्मले भए पनि पर्सलाई हृष्टपुष्ट, पोटिलो, चोटिलो, धारिलो, दमदार, शानदार बनाउनमा आनन्द मान्छन् । त्यसैले पर्सको पावर व्यक्तिको सामान्य माग नभएर एक्काइसौँ शताब्दीको जल्दोबल्दो माग हो । साँच्चै खाँचो र अनिवार्य अपरिहार्य वस्तु बन्न सफल छ पावर अफ पर्स ।

अहिलेका पौरखी जनना, मर्दानालाई तिहुन तरकारीकै लागि मात्र पावर अफ पर्सको जरुरत छैन । तिहुन, तरकारी त कौसी, गमला, करेसाबारी, छत, दलान, आँटी, जतासुकै यसो दुई दाना फालिदिने हो भने उम्रिन थालिहाल्छ, फलिहाल्छ । जनतामा जाँगर सिंचन गर्न नगरपालिका र वडावडामा कौसी खेती गर्ने तालिम नेपाल सरकारले दिइरहेकै छ । कौसी खेतीको तालिम दिन ओच्छ्यानबाट ओर्लिनु पनि नपर्ने, सुती सुती कौसी र गमलामा खेती गर्ने भन्यो सुत्यो । अनुदान भत्ता पोल्टामा परिहाल्छ । संसारै खुम्चिएर मोबाइलमा केन्द्रित भएजस्तै खेतबारी खुम्चिएर कौसी र गमलामा उत्पादन गर्नु त आधुनिक अल्छी युवा जमात सुहाउँदो नै भयो नि । मोबाइल चलाउँदै फलाउँदै । कस्तो काइदा ! भएन त फाइदा ? न किन्नुपर्छ कोदालो न खोज्नुपर्छ खेतालो । खेतालो, गोठालो, कोदालो, बारी नचाहिने खेती पो खेती । न बाढी पहिरोले पुर्‍याउँछ क्षति, न दुःख कष्ट हुन्छ त्यति । पावर अफ पर्स पनि बढ्दै जाने । न धाउनुपर्छ खेतबारी, न पस्नुपर्छ हिलामा । युवा पलायन भएपछि कसले जोत्छ हलो ? गमला, करेसाबारी, कौसीखेतीबाटै हुन्छ जगतको भलो । दानापानीकै लागि मात्र पर्स दरो बनाउन खोज्नु त मुर्ख्याइँ नै हो नि ।

अबको युगमा पर्स दरो त लडाइँ झगडा गर्न चाहिन्छ । बन्दुक, खुकुरी, हँसिया, बम बारुद, तोप जस्ता शत्रुभेदी हतियार किन्नलाई चाहिन्छ । ज्यान मात्र त कुकुर, बिरालो, मुसो, कुखुराको पनि त पालिएकै छ । त्यसैले शत्रुको करङ भाँच्न, इज्जत साँच्न, नाङ्गो नाच नाच्न त पावर अफ पर्स खोकिलामा च्यापी राख्नुपर्छ । आवश्यक पर्दा ढालबाट तरबार निकालेझैँ फुत्त निकालेर ङिच्च दाँत देखाउँदै संहारकारी साहस पो सो गर्नु पर्छ त । तब न संसारमा पुरुषोत्तम बन्न सकिन्छ । नत्र उद्यम इलम बेगरको अधम नर बनेर घर बसी राख्नुपर्छ ।

सयौँ किलाको भार उठाउने यारले आफूलाई अत्यन्त बज्रशाली ठान्ने मान्ने भारोत्तोलक भन्दा पावर अफ पर्स कैयौँ गुणा शक्तिशाली हुन्छ । यसको तागत देवाधिदेव महादेवले पनि आँकलन गर्न सक्दैनन् । पावर अफ पर्स विश्वव्यापी भएर फैलिएर मौलाइरहेको छ । त्यसैले बुद्धि विवेकले भरिएका टाउकेहरू भन्ने गर्छन् सके जाइलाग्ने नत्र पावर अफ पर्सका सामुन्ने नतमस्तक बन्नु, मुख बन्द गर्नु नै आफ्नो कल्याण र भलाई ठान्ने गरेका छन् ।

पावर अफ पर्सको महत्व महिमा जाने बुझेका विद्वान्हरूले सत्मार्गबाट होस् या असत्मार्गबाट त्यसको जोहो र जगेडामा पुरा जिन्दगी अर्पिएका र समय खर्चिएका हुन्छन् । खुट्टाले टेकेर पावर अफ पर्स दरो भएन भने मुन्टाले टेकेर र दिनले नपुगे रात खर्चिएर भए पनि आफ्नो झिटी गुन्टा दरो पारेका हुन्छन् । त्यसैले टाठा बाठाहरू पावर अफ पर्स खातिर अहोरात्र चलायमान हुन्छन् । दिवाचरबाट कुरा नमिले निसाचरबाट कुरा मिलाउँछन् । हो ! यस्तैलाई भनिन्छ बहुमुखी प्रतिभाका धनी । यस्तै बहादुरको हुन्छ पावर अफ पर्स दरो, खरो, रसिलो, पोषिलो, पोटिलो र चोटिलो ।

विश्वमा पावर अफ पर्सको परीक्षणका लागि पुरस्कारको घोषणा गर्ने हो भने अमेरिका पहिलो दाबेदार बन्न सक्छ । पावर अफ पर्सका कारण सबै सज्जनको मस्तक अमेरिकातर्फ ढल्किएको हुन्छ । चाइना, रुस, इरान र उत्तर कोरियाले पावरको बदला पावर भन्दै ठाडो दाबी गर्न सक्छन् । पावर अफ पर्स भन्ने कुरा प्राय सबै राज्यका शासक, उपशासकहरूले बुझिसकेका छन् । बिहान खाए बेलुका के खाउँ, बेलुका खाए बिहान के खाउँ भन्नेले पनि पावर अफ पर्सको रसास्वादन गरिसकेको हुनाले यसको जोहो र जगेडा ताताताता, आलाआला सुत्केरीले पनि गरिसकेका हुन्छन् भने बकेर्नाको त कुरै छोडौँ । त्यसैले यसको जगेडा र प्राप्ति खातिर सर्वस्व गुमाएर भए पनि ज्यान दिएर लागिपर्ने धेरै छन् ।

र अन्त्यमा चतुर मान्छेले बलेको आगो ताप्ने गर्छ । सबै शक्तिका पुजारी बन्न रुचाउँछन् । आफ्नो तागत, क्षमता, पावरको पाइन देखाउन आतंककारीका अगुवा भगुवा ओसामा बिन लादेन र इराकी शासक सद्दाम हुसेनको प्राण पखेरु उडाएर यस कार्यको श्रीगणेश र ताज अमेरिकाले पहिरिसकेको छ । बारुदमा आगो सल्काएर सोझा, सिधा, निम्छरा वर्गको हुर्मत नलिए तागतको कसी कसरी लगाउने ? यसैको सिको बोकोहराम, लस्कर-ए-तोयबा, आइएसआइएस र नेपालका माओवादी आतंकवादी दस्ताले मेहनतका साथ गरिरहेको प्रतिफल नै विश्व अशान्त रहनु हो । गरिब अशक्तलाई पावर अफ पर्सको धम्की सह्य र पाच्य हुँदैन । सशक्त राष्ट्रले अशक्त व्यक्ति वा राष्ट्रको हुर्मत लिनुमा पनि पावर अफ पर्सकै भूमिका अहं हुन्छ । तर आफ्नो जन्मभूमि, स्वर्गभूमि, शान्तिभूमि नेपाल सारा दुनियाँ पावर अफ पर्समा रमाइरहँदा, उग्राइरहँदा पावर अफ प्रकृति, जैविक सम्पदा, जल, जडीबुटी र गमला जिन्दावाद ! भन्दै ज्वाइँ साहेबझैँ गजक्क परिरहेको देख्दा नौ नारी गलेर आउँछ । के गर्ने कसो गर्ने ? पावर अफ पर्सको जमानामा हामी यत्तिकै मर्ने ?

फूलबारी, पोखरा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
गया गए पाप पखाल्न

गया गए पाप पखाल्न

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
मत दुई हजार बयासी

मत दुई हजार बयासी

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
सरकाे र घरकाे कुटाइका कुरा

सरकाे र घरकाे कुटाइका...

शेषराज भट्टराई
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x