धनराज गिरीमौन देवकोटा !
हेरिरहे । टोली झस्कियो । मौन देवकोटा, अचानक अलप । किन बोलेनन् देवकोटा ? यो प्रश्नको उत्तर आजसम्म पत्ता लागेको छैन । समाचार लीक भयो, कसरी ? त्यो पनि थाहा छैन ।

धनराज गिरी :
एउटा साहित्यिक दल, हुन त घोर असाहित्यिक पात्रहरूको गठबन्धन हो, बसेर व्यापक छलफल गरे । नायक हो बकम्फुसराज बकम्फुसे, अरू सहयोगीहरू, झूरकान्त, निकम्माकुमारी, अयोग्यप्रसाद र अहिज्जेकुमार, बसे । राम्रो भोजन, साथमा महङ्गो विदेशी अङ्ग्रेजी फरररररर बनाउने अमृत झोल, लिए । निणर्य भयो, महाकविलाई बोलाउने, जसरी भए पनि बोलाउने, जादू गरेर । के असम्भव छ र हौ ! एउटा स्वामीले जिम्मा लिए । उनले मन्त्र जपे । “डिल्लीबजार रातको बाह्र बजे आउनू !” आकाशवाणी आयो । मख्ख परे । सल्लाह मिल्यो, मिसन डिल्लीबजार ।
मिति आयो । लक्ष्मीपूजाकै दिन । प्रोफेसर पी डीलाई पनि सूचना दिएनन् । राति, बाह्र बजे । टोली पुग्यो । द्वार आफैं खुल्यो । बैठक कोठामा पुगे । सम्पूणर् राजधानी स्वप्नलोकमा पुगेको छ । सामुन्नेमा महाकवि । यात्री कविता कन्ठ सुनाए ।
सबैले आआफ्नो परिचय दिए । आफ्नो पीर बताए । हिज्जे, विभक्ति सबैको पीर भने । नेता बोल्यो, “हे युगनायक, हे सक्कली मानवतावादी जिओग्राफिकल मिस्टेक, हे औतारी, हे चिथराइजेसन एन्ड कोपराइजेसनका पिता, हे प्रकाश, पन्त र निरालाको फ्यूजन,एक कन्फ्यूजन, हाम्रो नेपाली वाङ्मयको मूल समस्या के होला ? के गरेमा नेपाली साहित्यक इज्जत ८८५० मीटरभन्दा पनि माथि जाला ?
हे प्रमिथस, कृपया देवकीनन्दनले पार्थलाई दिव्यज्ञान दिएजस्तै हामीलाई पनि सन्जय दृष्टि प्रदान गर्नुहोस् । नेपाली साहित्यको मूल समस्या के हो ? साहित्यको पीरले बढी सोमरसपान गरियो कविवर ! के होला मूल समस्या ?”
मौन देवकोटा । अति मौन । अपलक उनीहरूलाई हेरिरहे । मौन साहिला बाजे । मौन । सालिक बने । उनीहरूलाई हेरिरहे । हेरिरहे । टोली झस्कियो । मौन देवकोटा, अचानक अलप । किन बोलेनन् देवकोटा ? यो प्रश्नको उत्तर आजसम्म पत्ता लागेको छैन । समाचार लीक भयो, कसरी ? त्यो पनि थाहा छैन ।
०००
चितवन
Subscribe
Login
0 Comments
Oldest







































