टङ्कराज ढकाल ‘तितेपाती’स्वार्थ कालो
छ बाटोघाटोमा प्रहसन खलको मान बेच्ने तयारी र नाफाघाटामा छलफल घटिया घान हाल्दै छ जारी चकारी चोरीको विधि सहज भयो देश खाँदै छहारी कुकर्मी बेकामी शकुनि दलनले चढ्छ कालोबजारी ।

टङ्कराज ढकाल तितेपाती :
छ टाला घोटाला कहर अधिक छन् भन्छ कालो बिरालो
करालो रालोले प्रहर मनुजको देख्छ रातो र कालो
खरायो रायोको समय सहजको हुन्छ आलो र पालो
मिलायो खायो को धन र महलमा घोल्छ जो स्वार्थ कालो ।१
खुलाशा ल्हासाको शहर ठहरमा बाल्छ आगो छ पोल्ने
तमाशा मासाको कहर जहर भै झोस्छ राँको छ धार्ने
जमाना मानाको कपट छल जहाँ रोक्छ को के पछार्ने
सुसेल्दै पेल्दैछन् अधम सडकमा बस्न लाचार पार्ने ।२
छुटेको टेकोमा लसपस कमिला मस्त भूचाल आयो
रडाको डाँकोले खसखस किन हो मौन बाचाल छायो
जहाँको हाँकोले लथपथ पथ यो दान कार्यार्थ पायो
छ डाली डालीमा दिगमिग सपना स्वार्थ चर्को छिरायो ।३
न आफ्नो अर्को छन् मगज अवनिका दास स्वार्थी बनायो
मकैको खोयामा असल फसल छन् छान आफै सदा यो
फफर्को फर्कोमा सुललित कविता जान यौटा कला यो
छटाको टाँकोमा स्खलित मन मिले काट्न थाले भलायो ।४
छ बाटोघाटोमा प्रहसन खलको मान बेच्ने तयारी
र नाफाघाटामा छलफल घटिया घान हाल्दै छ जारी
चकारी चोरीको विधि सहज भयो देश खाँदै छहारी
कुकर्मी बेकामी शकुनि दलनले चढ्छ कालोबजारी ।५
विधाता धाताको अवनितल लुटे देशद्रोही छ जाने
र काले कालेको कपट अति भयो राजखानी हुसेल्ने
छ पाले पोसेको बहुरङ छिमेकी जो सिमाना हतार्ने
र आसेपासेको गण लुटपुटको सुन्दरी छन् बटार्ने ।६
०००
नवलपुर
Subscribe
Login
0 Comments
Oldest








































