डा. छायादत्त न्यौपाने ‘बगर’पसिना गह्नाउने नाक
छोराले भित्ताको प्रमाणपत्र माथि
औला ठड्याउँदै भन्यो
बा ! त्यो के हो ? {{read_more}}
मैले सोझ्झै भनिदिएँ
तेरा बाले जीवनभर काढेका
पसिनाको पाप्रो
उसले नढाँटी जबाफ फर्कायो
ए, अघिदेखि गह्नाइरहेको त
त्यही पाप्रो पो रहेछ !
म झसङ्ङ भएँ
पसिनाको पाप्रो होइन
बासी ढिँडो हो, पत्याउने गरि
सुनाउन नभ्याई
पसिना पुछ्ने पछ्यौराको खोजीमा निस्कें
ठूलो घरमुनिबाट हिँड्दै गर्दा
भुइँ थर्केछ क्या रे !
माथिको तलामा कैद भएको साँढे
डुक्रेर तर्साउनु बल गर्छ
म लल्कारेर भुइँमा पछारी( पछारी
पसिनाको टोपी लाइदिने अठनेट गर्छु
तर
ऊ फड्के हिँडेर महल( महलको यात्रा गर्छ
भुइँ टेक्न सक्तैन किन कि
अचेल ऊ भुइँ टेक्नेहरूसित डराएको छ
धेरै डराएको !!
ऊ त पसिना गह्नाउनेहरूले पस्केर दिएको
खाने भएको छ
पूरै भुइँ छाडेर फड्के( फड्के तर्दै
महलको स्वाद लिन्छ
खोइ, किन हो ?
पसिना उभिएको भित्तो उखेल्छु भन्छ
म अर्काे प्रमाणपत्रको खोजीमा दौडिरहेको छु
मयुरको प्वाँखले खोस्रेको माटो बोकेर
गुराँस हुर्काउन पहाडतिर उक्लँदै छु
म छिटै महलको फड्के भाँचेर
पसिना गह्नाउने नाक फेर्न चाहन्छु !!!
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































