साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पसिना गह्नाउने नाक

Nepal Telecom ad

छोराले भित्ताको प्रमाणपत्र माथि height=
औला ठड्याउँदै भन्यो 
बा ! त्यो के हो ? {{read_more}}
मैले सोझ्झै भनिदिएँ
तेरा बाले जीवनभर काढेका
पसिनाको पाप्रो
उसले नढाँटी जबाफ फर्कायो
ए, अघिदेखि गह्नाइरहेको त
त्यही पाप्रो पो रहेछ !
म झसङ्ङ भएँ
पसिनाको पाप्रो होइन
बासी ढिँडो हो, पत्याउने गरि
सुनाउन नभ्याई
पसिना पुछ्ने पछ्यौराको खोजीमा निस्कें
ठूलो घरमुनिबाट हिँड्दै गर्दा
भुइँ थर्केछ क्या रे !
माथिको तलामा कैद भएको साँढे
डुक्रेर तर्साउनु बल गर्छ
म लल्कारेर भुइँमा पछारी( पछारी
पसिनाको टोपी लाइदिने अठनेट गर्छु
तर
ऊ फड्के हिँडेर महल( महलको यात्रा गर्छ
भुइँ टेक्न सक्तैन किन कि
अचेल ऊ भुइँ टेक्नेहरूसित डराएको छ
धेरै डराएको !!
ऊ त पसिना गह्नाउनेहरूले पस्केर दिएको 
खाने भएको छ
पूरै भुइँ छाडेर फड्के( फड्के तर्दै
महलको स्वाद लिन्छ 
खोइ, किन हो ? 
पसिना उभिएको भित्तो उखेल्छु भन्छ
म अर्काे प्रमाणपत्रको खोजीमा दौडिरहेको छु
मयुरको प्वाँखले खोस्रेको माटो बोकेर
गुराँस हुर्काउन पहाडतिर उक्लँदै छु
म छिटै महलको फड्के भाँचेर
पसिना गह्नाउने नाक फेर्न चाहन्छु !!!

काठमाडौं
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
तिमी मेरो साथी

तिमी मेरो साथी

डा. छायादत्त न्यौपाने ‘बगर’
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बासी बेथाकाे उपचार

बासी बेथाकाे उपचार

डा. छायादत्त न्यौपाने ‘बगर’
बजाउँछ एकतारे

बजाउँछ एकतारे

डा. छायादत्त न्यौपाने ‘बगर’
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x